कार्यकर्ता पक्राउको विरोधमा नेविसंघले प्रधानमन्त्रीको पुत्ला दहन गर्ने
काठमाडौँ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले तपेश्वर उच्च माध्यामिक विद्यालय काभ्रेका ईकाइ अध्यक्ष कृष्ण ढकाललाई विनासर्त रिहाई नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सभापति महरले जनताका अधिकार र महंगीको बारेमा सरकार बेखबर रहेको र आफ्ना कार्यकर्ताहरूलाई विभिन्न बहाना बनाएर जेलमा कोच्ने काम गरेको भन्दै आपत्ति जनाए ।
नेता ढकालको रिहाईको लागि आफूहरूले शान्तिपूर्ण धर्ना र जुलुस गरिरहेको बताउँदै यति गर्दापनि रिहाई नगरे कडा आन्दोलनमा उत्रिने उनको चेतावनी थियो । गत कात्तिक २० गते कुकुर तिहारको दिनमा कुकुरको टाउको जोडिएको फेशबुक वालमा आएको फोटो सेयर गरेको आरोपमा पक्राउ परेका काभ्रेका १६ वर्षीय कृष्ण ढकालले अन्जानमा सेयर भएको भनेर माफि माग्दासमेत हिरासतमा राखिएको भन्दै सभापति महरले तत्काल रिहाई गर्न सरकारसँग माग गरेका छन् ।
उनले भने,‘कात्तिक २० गते अरूले हालेको फोटो सेयर गरेका नेविसंघका नेतालाई सरकारका सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको ठाडो आदेशमा प्रक्राउ गर्न लगाईएको छ, अन्जानमा भएका कुरालाईसमेत यति ठूलो विषय बनाएर सरकारविरूद्ध आलोचना गर्दा सहन नसक्ने स्थितिमा पुगेको प्रमाणित गरेको छ, म यसै पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिन चाहन्छु, जनताका दुःख र पीडामा साथ नदिने सरकारले आफ्ना गल्तिका बारेमा बोल्दा वा सांकेतिक रूपमा बिरोध जनाउँदा तानाशाही प्रवृति देखाउन बन्द गरोस् ।’
महरले सरकार बलात्कार, कालोबजारी गर्ने र हत्याराहरूको संरक्षणमा लागेको आरोप लगाए । उनले वर्तमान सरकार कम्युनिष्टबाहेकका विचार बोकेका मानिसलाई देख्नै नसक्ने स्थितिमा पुगेको पनि आरोप लगाए ।
उनले भने,‘सरकारलाई हामीले सर्वसत्तावादको बाटोमा जाँदैछ भनेका थियौं, आज नेविसंघ काभ्रेका नेतालाई पक्राउ गरेर त्यो चरित्र उदाङ्गो भएको छ।।’
महरले आफ्नो संगठनका नेता पक्राउको विरोधमा यही कात्तिक २५ र २६ गते काभ्रेका सम्पूर्ण विद्यालय बन्द गर्ने, त्यस्तै नेविसंघ केन्द्रीय समितिले २६ गते ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्का जाम गर्ने कार्यक्रमहरू सार्वजनिक गरे । उनले चेतावनी दिँदै भने,‘यति गर्दा पनि सरकारले सुनेन भने हाम्रो आन्दोलनको रूप फरक हुनेछ।’
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












