मङ्सिर २ गते शंखधर दिवस, लखुतीर्थमा सभा
काठमाडौँ । नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११३९ ले मङ्सिर २ गते आइतबार (कछलाथ्व दशमी)का दिन शंखधर दिवस भव्य रुपमा मनाउने भएको छ ।
साथै, नेपाल संवत आन्दोलनका प्रणेता, आदिवासी जनजाति आन्दोलनका अगुवा, वरिष्ठ मानवअधिकारवादी नेता दिवङ्गत पद्मरत्न तुलाधरको श्रद्धाञ्जलि सभा कार्यक्रम गर्ने तथा न्हूदँ नयाँ वर्षको उपलक्ष्यमा पुस्तक प्रदर्शनीका साथ सांस्कृतिक कार्यक्रमको पनि आयोजना गर्ने निर्णय समितिको आज बसेको बैठकले गरेको छ ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारबाट नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको दिनको सम्झनामा प्रत्येक वर्ष कछलाथ्व दशमीका दिनलाई शंखधर दिवसको रुपमा मनाइँदै आइएको छ ।
समारोह समितिले शंखधर दिवस यस वर्ष भव्य रुपमा मनाउन काठमाडौँको बसन्तपुरमा मङ्सिर २ गते दशमीका दिन बिहान ७ बजे सम्पूर्ण जनसमुदायलाई उपस्थितिका लागि आह्वान गरेको छ । ¥याली बसन्तपुरबाट प्याफल, नरदेवी, त्यंगः, थाय्मदु, असन, बालकुमारी, जनबहाः, वंघः हुँदै मरु–काष्ठमण्डप, चिकंमुगल, लगन, ब्रम्हत्वाः, वन्दे, ह्यूमत, क्वहिति, भीमसेनस्थान हुँदै लखुतीर्थमा पुगेर शंखधर साख्वाःको तस्वीरमा माल्यार्पण र सभाको आयोजना गर्ने कार्यक्रम रहेको छ ।
सांस्कृतिक ¥यालीसहित आयोजना हुने शंखधर दिवस भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमितिलाई आइतबारको बैठकले जिम्मेवारी तोकिदिएको छ ।
यस्तै, समारोह समितिको बैठकले नेपाल संवत आन्दोलनका प्रणेता बहुआयामिक व्यक्ति दिवङ्गत पद्मरत्नको १३ दिनको पुण्यतिथिमा कात्तिक ३० गते बिहान बसन्तपुरमा श्रद्धाञ्जलि सभाको आयोजना गर्ने भएको छ । समितिले श्रद्धाञ्जलि सभाका निम्ति कात्तिक २६ गते सोमबार विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुलाई बैठकमा डाकेको छ ।
नेपाल संवत नयाँ वर्षको उपलक्ष्यमा प्रकाशित सङ्ग्रह, पुस्तक, सिडी–डिभिडीका साथै नेपालभाषाका विभिन्न पुस्तकको प्रदर्शन, खाना स्टलदेखि सांस्कृतिक कार्यक्रम पनि गरिने भएको छ । ती कार्यक्रम आउँदो मङ्सिर ८ गते शनिबार काठमाडौँको थँहितिमा दिनभर गरिने समारोह समितिले जानकारी दिएको छ ।
गत कात्तिक १८ गते नेपाल संवत आन्दोलनका प्रणेता पद्मरत्न दिवङ्गत हुनुभएकाले कात्तिक २२ गतेको भिंतुना ¥याली तथा भिंतुना सभा स्थगन गरिएको थियो । रासस
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











