अब मन्त्रिपरिषद्को निर्णय पत्रकार सम्मेलन गरे सुनाइने
काठमाडौँ । अब मन्त्रिपरिषद्को निर्णय पत्रकार सम्मेलन गरे सुनाइने भएको छ । सरकारका प्रवक्ताले प्रत्येक साता पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद् वैठकले गरेको निर्णय सुनाउने छन् ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि बाहिर निस्किएका सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारहरिसँग बोल्दै उक्त कुरा बताएका हुन् । मन्त्री बाँस्कोटाले भने–आज धेरै विषयमा छलफल भयो, आवश्यक निर्णयहरू गरिएको छ। समयक्रममा तपाईंहरूले थाहा पाइहाल्नु हुन्छ।सधैँझैं मन्त्रिपरिषद् बैठकपछि निर्णय सुन्न बालुवाटार पुगेका पत्रकार उनको कुराले अलमलिए।
मन्त्री बाँस्कोटाले थपे– विस्तृतमा दिनका लागि केही प्रबन्ध गर्दैछौं। फरक व्यवस्थाका साथ आउँछौं होला। मन्त्रिपरिषद् निर्णय पनि सरकारले लुकाउन खोजेको भन्दै सामाजिक सञ्जालमा यसको विरोध भइरहेको छ। प्रधानमन्त्रीको सचिवालय र मन्त्रीहरूले सूचना लुकाउन नभइ व्यवस्थित गर्न मन्त्रिपरिषद्लगत्तै निर्णय सार्वजनिक गर्ने चलन रोकिएको बताएका छन्।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले निर्णय लुकाउन नभइ अझ विस्तृत र व्यवस्थित रूपमा दिन नयाँ चलन सुरु गर्न लागेको बताए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सातामा एक दिन पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद्ले गरेका निर्णय र सरकारका कामबारे जानकारी दिने तयारी भइरहेको जानकारी दिए।
सातामा एक दिन सिंहदरबारमा सरकार प्रवक्ताले पत्रकार सम्मेलन गरेर के निर्णय भयो र किन यस्तो निर्णय भयो भन्ने जानकारी दिनुहुन्छ, अर्यालले भने, ‘त्यो पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् निर्णयसँग सरकारका अरू कामबारे पनि उहाँले बोल्नुहुन्छ। पत्रकारले प्रश्न पनि सोध्न पाउँछन्।’ मन्त्रिपरिषद् निर्णयबारे हतारमा सबै कुरा भन्न नसकिने, राम्ररी रिपोर्टिङ पनि नहुने भएकाले नयाँ व्यवस्था ल्याउन लागिएको अर्यालले बताए।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











