श्रीमतीको उपचार गर्न प्रचण्ड बेनी बजारमा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल अहिले म्याग्दीको बेनीमा छन्। पत्नी सीता दाहालको उपचारका लागि म्याग्दी पुगेका दाहाल बुधबारसम्म त्यहीँ बस्नेछन्।दाहालसँगै नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा पनि पत्नी नैनकला थापासहित म्याग्दी पुगेका छन्।
दाहाल र थापा परिवार नेपाली सेनाको एमआई १७ हेलिकप्टर चढेर सोमबार म्याग्दी गएको हो। अर्थुङ्गेस्थित नेपाली सेनाको श्रीबक्स गुल्ममा सेनाको हेलिकोप्टरबाट ओर्लिएका दाहाल र थापा परिवार सात किलोमिटर गाडीको यात्रापछि दिउँसो २ बजे तातोपानी कुण्ड पुगे। अध्यक्ष दाहाल, गृहमन्त्री थापा दम्पत्तिले दिउँसो २ बजेदेखि ४ बजेसम्म कुण्डमा वाटर थेरापी गराए।
‘उहाँहरू हेलिकप्टर चढेर आउनुभएको हो। हेलिकप्टर हिजै फर्कियो। अब भोलि (बुधबार) लिन आउँछ होला’, म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भने, ‘म्याग्दी गएका बेला गृहमन्त्री थापा केही सार्वजनिक कार्यक्रममा पनि सहभागी भएका छन्।’
‘जिल्ला आपतकालिन व्यवस्थापन कार्यसञ्चालन केन्द्र उद्घाटन गर्न गृहमन्त्री बेनी आउनुभएको हो। केन्द्रको सोमबार उद्घाटन भयो। गृहमन्त्रीले आज कालिगण्डकी नदी तटबन्ध अवलोकन गर्नुभयो’, प्रजिअ अधिकारीले सेतोपाटीसँग भने, ‘प्राकृतिक उपचारका लागि अध्यक्ष प्रचण्डसहित उहाँहरु तातोपानी कुण्डमा स्नान पनि गर्नुभयो।’
दाहालका प्रेस सहयोगी विष्णु सापकोटाले तातोपानीमा नुहाउँदा बिरामीलाई आराम हुन्छ भन्ने सुनेर सीताको उपचारका लागि दाहाल बेनी गएको बताए।
‘मेडम (सीता) को उपचारका लागि अध्यक्ष तातोपानी कुण्ड जानुभएको हो’, सापकोटाले सेतोपाटीसँग भने, ‘तातोपानीमा थेरापीका तीन दिने, सात दिने, अठार दिने कोर्स हुने रहेछ। तीन दिनको कोर्स सकेर उहाँहरु बुधबार फर्कनुहुन्छ।’
दाहाल र थापा परिवारले मंगलबार पनि चार घन्टा तातोपानीमा बिताउनेछन्। बुधबार पनि एक पटक तातोपानीमा थेरापी गरेर उनीहरू काठमाडौं फर्कनेछन्।केही समयदेखि बिरामी रहेकी सीतालाई स्वदेशका विभिन्न अस्पतालमा परीक्षण गर्दा रोग एकीन नभएपछि उनलाई सिंगापुरलगायत विदेशका अस्पताल लगिएको थियो। सीता मस्तिष्कसम्बन्धी रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छन्।
तातोपानीमा महिला र पुरूषका लागि बेग्लाबेग्लै नुहाउने ठाउँ बनाइएको छ। प्राकृतिक मुलबाट निस्केको कुण्डको पानी ५० डिग्री सेल्सियसको रहेको छ। यो कुण्डमा नुहाउन प्रतिव्यक्ति तीन सय तिर्नुपर्छ। कुण्डमा शरीरका बाहिरी भाग (घाँटीमूनिका भाग) डुबाएर उपचार गरिन्छ। कुण्डको तातोपानीबाट बाहिर निस्केपछि पनि तातोपानी नै आउने धारामा नुहाउने गरिन्छ। तातोपानी कुण्डमा डुबुल्की मार्दा नशा, बाथ, ढाड दुखेको, शरीर सुन्निएकोलगायत समस्या कम हुने जनविश्वास छ। स्वदेशी र विदेशी गरी कुण्डमा अहिले २५० जनाभन्दा बढी विरामीले प्राकृतिक उपचार गराइरहेका छन्।
कुण्डमा सल्फर र गन्धकको मात्रा धेरै भएकोले एकै पटक धेरै जनाले नुहाउँदा पनि एउटालाई लागेको रोग अर्कोलाई नसर्ने तातोपानी व्यवस्थापन समितिले जनाएको छ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











