दण्डहीनता अन्त्यका लागि राजनीतिक दल अग्रसर हुनुपर्ने
पोखरा । सञ्चारकर्मीलाई सुरक्षाको प्रत्याभूतिका साथै सहज ढङ्गले काम गर्ने वातावरण सृजना हुनुपर्ने आवश्यकतामाथि जोड दिइएको छ ।
फ्रिडम फोरमद्वारा आज पोखरामा आयोजित ‘सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य’ विषयक अन्तरक्रियामा दण्डहीनता अन्त्यका लागि राजनीतिक पार्टीलाई गम्भीर हुनुपर्ने, पत्रकारलाई सधँै मानसिक त्रास, धम्की र भौतिक आक्रमणजस्ता घटनाबाट पीडित हुनुपर्ने भएकाले कुनै पनि बहानामा दोषीलाई उन्मुक्ति दिन नहुने, पत्रकारहरुमा पनि देखिएका कमीकमजोरीमा सुधार ल्याउनुपर्ने र पत्रकारहरुबीच ऐक्यबद्धता आवश्यक रहेको विषयमा सहभागीहरुले सुझाव दिनुभएको छ ।
सो अवसरमा प्रजिअ चक्रबहादुर बुढाले विकृति र विसङ्गतिलाई उजागर गर्ने काम सञ्चारकर्मीले गर्दै आइरहेको भन्दै मानवअधिकार हनन नहुन दिनका लागि सुरक्षाकर्मीलाई सधैँ सचेत गराउने कार्य भइरहेको बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोग पोखराका प्रमुख दीपकध्वज कार्कीले पत्रकारहरु अझै असुरक्षित रहेको प्रसङ्ग उल्लेख गर्दै तुलनात्मक रुपमा सीमावर्ती क्षेत्रका पत्रकारहरु धम्कीलगायत कारणले बढी पीडित रहेको उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले दण्डहीनता गर्नेमाथि कडा कारवाही हुनुपर्ने आवश्यकतामाथि जोड दिँदै समाजलाई सचेत गराउने जिम्मेवारी बोकेकाले पत्रकारहरुलाई खतरा मोलेर भए पनि कार्य गर्नुपर्ने बताउनुभयो ।
प्रहरी नायब उपरीक्षक नवीन कार्कीले लोकतन्त्रको सुन्दर पक्षका रुपमा प्रेसको स्वतन्त्रता र कानूनी राज्य रहेको भन्दै पत्रकारहरुप्रति कुनै प्रकारको प्रहरीबाट भएको ज्यादतिप्रति दुःख व्यक्त गर्दै कसैले पत्रकारलाई धम्की दिएमा तुरुन्त खबर गर्न आग्रह गर्नुभयो ।
पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारको दुव्र्यहारलगायत घटनामा महासङ्घले गम्भीर भएर आफ्नो जिम्मेवारी बहन गरेको जानकारी गराउँदै पत्रकारलाई दुव्र्यवहार गर्ने व्यक्तिलाई पक्राउ गरी कारवाही गर्नुपर्ने विषयमा जोड दिनुभयो ।
शान्तिका लागि नागरिक समाज सञ्जाल कास्कीका संयोजक विष्णुप्रसाद बरालले दण्डहीनता अन्त्यका लागि नागरिक समाज, राजनीतिक दल, प्रहरी, प्रशासनलगायत सबैलाई मिलेर कार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पत्रकार बिना सिलवालले पत्रकारहरु पनि राजनीतिक दलहरुसँग जोडिएको कारण कुन संस्थाका पत्रकार पिटिएको भावना देखिएको कारणले पत्रकारहरुबीच ऐक्यबद्धता हुनुपर्ने विषयमा जोड दिनुभयो ।
पोखरामा पीडित बन्नुभएका पत्रकार उत्तम पौडेल र प्रकाश ढकालले पत्रकारमाथि दुव्र्यवहार गर्नेमाथि कारवाही नगरी मिलेमतोमा माफी मगाएर छोड्नुको सट्टामा मुद्दा दर्ता गरी कारवाही हुनुपर्ने माग राख्नुभयो । रासस
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












