आलेख : शिक्षक दरबन्दी नहुँदा सुस्त श्रवणशक्ति भएका विद्यार्थीलाई अध्यनमा समस्या
हिक्मत बहादुर नेपाली/ दुल्लु । दैलेखको नारायण नगरपालिका–१० भवानीका राज कुमार बस्नेत र मन कुमारी बस्नेतको सानो र खुशी परिवार । आठ वर्ष अघि उनीहरुको परिवारमा पहिलो सन्तानको रुपमा अर्जुन बस्नेत जन्मिए तर, सुस्त श्रवणशक्ति लिएर । त्यसको तीन वर्ष पछि पुनः दोस्रो सन्तानको रुपमा प्रवीण बस्नेतको जन्म भयो, उनमा पनि त्यही समस्या । दुई वटै छोरा जन्मजातै सुस्त श्रवण भएर जन्मिएपछि अर्जुन र प्रवीणका बुबा कान्छी श्रीमती लिएर भारत हिँडे । त्यसपछि शुरु भयो अर्जुन र प्रवीणका दुःखका दिन । कान्छी श्रीमती लिएर भारत हानिएका बुबा फर्केर आएनन् । दुई दाजुभाइ अर्जुन र प्रवीणकी आमा सँगै थिइन् । आर्थिक अवस्था कमजोर भएपछि आमा मनकुमारीलाई दुई सन्तानलाई शिक्षा दिन हम्मेहम्मे प¥यो ।
सुस्त श्रवणशक्ति भएर जन्मिएका छोराहरुलाई अन्य बालबालिका पढ्ने विद्यालयमा पढ्न पठाउन पनि सम्भव थिएन । आमा मनकुमारी माइतीघरको शरणमा पुगिन् । अहिले दुई दाजुभाइ नै सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा–केन्द्रको संरक्षणमा छन् ।
अर्जुन र प्रवीण जस्तै भगवतीमाई गाउँपालिका–५ पगनाथका गंगा र जमुनाको कथा अलि फरक छ । गंगा र जमुना जुम्ल्याहा छोरीहरु हुन् । पगनाथमा बसोबास गर्दैआएका कुल बहादुर विष्ट र सितला विष्टबाट लगातार पाँच सन्तान सुस्त श्रवणशक्ति लिएर जन्मिए । तीन छोरा र दुई छोरीमा सबै त्यही कमजोरी लिएर जन्मिएपछि पहिलो छोरालाई आर्थिक अभाव र साङ्केतिक भाषाको पढाइ हुने विद्यालय थाहा नपाएर पढाउन पाएनन् । उनी अहिले भारत जाने गर्छन् । दोस्रो र तेस्रो सन्तानमा रुपमा जन्मिएका प्रेम विष्ट र निर्मल विष्ट सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा–केन्द्रको संरक्षणमा कक्षा ५ सम्मको अध्ययन पछि माथिल्लो कक्षा अध्ययनका लागि अन्यत्र पठाइसकिएको छ । पछिल्ला दुई छोरीहरु गंगा र जमुना पनि सुस्त श्रवण भएर जन्मिएपछि त्यही स्रोत कक्षा–केन्द्र पठाइए ।
उनीहरु जस्तै दैलेखको पश्चिममा पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिकाका १३ वर्षीया टोपेन्द्र बहादुर शाही पनि सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा–केन्द्रको संरक्षणमा पढिरहेका छन् । टोपेन्द्रका बुबाको पाँच वर्ष अघि ज्यान गयो । भर्खरै केन्द्रको संरक्षणमा आएका टोपेन्द्र बाबुको मृत्यु पछि घर पुगे । हिन्दु परम्पराअनुसार काजकिरिया सकेर पुनः केन्द्रमा फर्किएका उनी अहिले पनि स्रोत कक्षा–केन्द्रको संरक्षणमा बसेर आफ्नो भविष्य खोज्दै छन् । यी सबै सुस्त श्रवणशक्ति भएका बालबालिका हुन् । जिल्लाभर १६ जना बालबालिका अहिले स्रोत कक्षा–केन्द्रको संरक्षणमा छन् । विसं २०६२ जेठ १० गतेदेखि दैलेखको नारायण नगरपालिका–६ भुर्तीस्थित रेडक्रस माध्यमिक विद्यालयमा सञ्चालनमा ल्याइएको यो केन्द्रमा रहेका बालबालिकाले पढाइमा विभिन्न समस्या झेल्दै आएका छन् । उज्ज्वल भविष्यको सपना देखेर केन्द्रमा आएका ती बालबालिकाले केही सुविधा पाएको भए पनि आफूहरुको पठनपाठनमा समस्या हुँदै आएको गुनासो गर्दैआएका छन् ।
दरबन्दी बिना साङ्केतिक भाषाको पढाइ
जिल्लाको एक मात्र सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा–केन्द्रमा साङ्केतिक भाषाको कक्षा शुरु भएको १३ वर्ष बित्यो । सुस्त श्रवण र बहिरा स्रोत कक्षा सञ्चालन गरिरहेको नारायण नगरपालिका–६ भुर्तीस्थित रेडक्रस माध्यमिक विद्यालयमा साङ्केतिक भाषाको दरबन्दीका शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ । विसं २०६२ देखि शुरु भएको स्रोत कक्षामा १३ वर्षदेखि शिक्षक दरबन्दी रिक्त छ । स्रोत कक्षामा १ देखि कक्षा ५ सम्म १६ जना विद्यार्थी अध्ययनरत छन् । साङ्केतिक भाषाको दरबन्दी नहँुदा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको काजमा बसेर साङ्केतिक भाषा पढाइरहनु भएका स्रोत शिक्षक लक्ष्मीप्रसाद रेग्मीले बताउनुभयो । काजमै भए पनि एक जना शिक्षकले पढाउँदै आएका छन् ।
यसअघि धन बहादुर केसी काजमा आएर अध्यापन गराउनुभएको थिए । विगत दुई वर्षदेखि शिवशक्ति माध्यमिक विद्यालय सल्लेरीमा दरबन्दी भएका शिक्षक रेग्मीले स्रोत कक्षा धानिरहनु भएको छ । स्रोत कक्षामा अहिलेसम्म दरबन्दीको व्यवस्था नगरेको स्रोत शिक्षक रेग्मीले बताउनुभयो । विद्यार्थीले चाहेका बेला खाद्यान्न, शैक्षिक सामग्री खरिदका लागि खर्च लगायतका सुविधा पाउन नसकेको उहाँको भनाइ छ ।
विद्यालयमा पर्याप्त पूर्वाधार नहुँदा विद्यार्थीहरू विद्यालय जान मान्दैनन् । बालबालिका पनि नियमित आउँदैनन् । कक्षा ५ सम्म मात्र पठनपाठनको व्यवस्था भएकाले माथिल्लो तहको शिक्षा लिन उनीहरूलाई समस्या छ । जिल्लामा माथिल्लो तहको कक्षा सञ्चालन नहुँदा पढाइ छोड्ने क्रम समेत बढेको छ । “विद्यालयका अन्य विद्यार्थीलाई कम्प्युटर, खेलकूद सामग्री, शैक्षिक सामग्री दिइन्छ,” टोपेन्द्र बहादुर शाहीले साङ्केतिक भाषामार्फत भने – “हामीलाई पनि ती सुविधा भए पठनपाठनमा सहज हुन्थ्यो ।” स्रोत कक्षा सञ्चालन गरिए पनि त्यसको व्यवस्थापन हुन नसक्दा पठनपाठनमा समस्या भइरहेको स्रोत शिक्षक रेग्मीले बताउनुभयो ।
प्रत्येक दिन एक विषय मात्रै पढाइ
कक्षा १ देखि ५ सम्म पढाइ हुने स्रोत कक्षामा एक दिनमा एक विषय मात्रै पढाइ हुने गरेको छ । कुल १६ जना बालबालिका रहेको उक्त स्रोत कक्षामा शिक्षक अभावका कारण एक दिनमा एक विषय मात्रै पढाउनुपर्ने बाध्यता रहेको छ । शिक्षक रेग्मीका अनुसार स्रोत कक्षाका लागि बहुकक्षा शिक्षण विधिबाट अध्यापन गराइन्छ । कक्षा १ देखि ५ सम्म आइतबार अङ्ग्रेजी विषय पढाइ हुन्छ । यस्तै, सोमबार नेपाली, मङ्गलबार गणित, बुधबार विज्ञान, स्वास्थ्य तथा शारिरीक शिक्षा र बिहीबार सामाजिक शिक्षा पढाइ हुन्छ । यसैगरी, शुक्रबार अङ्ग्रेजी, गणित पढाइ हुनाका साथै अतिरिक्त क्रियाकलापमा चित्रकला तथा खेलकूद सिकाउने गरिएको छ ।
केन्द्रमा जिल्लाका ११ वटै स्थानीय तहका १६ बालबालिका रहेका छन् । नारायण नगरपालिका–२ का १६ वर्षीया बालिका मीना कुमारी बुढा भर्खरै एक कक्षामा भर्ना भएकी छिन् । उनी जस्तै महावु गाउँपालिकाकी सीता कुमारी कार्की र लछुमन विष्ट पनि केन्द्रकै संरक्षणमा छन् । नौमूले गाउँपालिकाका राहुल गुरुङ्ग, नारायण नगरपालिकाका अर्जुन बस्नेत र प्रवीण बस्नेत, दुल्लु नगरपालिकाकी उमा खड्का, नारायण नगरकी सदिक्षा बुढा, पश्चिममा पर्ने आठबिस नगरपालिकाका कल्पना बुढामगर र कलम बहादुर शाही पनि केन्द्रकै संरक्षणमा छन् । यस्तै, गुराँस गाउँपालिकाका बृष बहादुर सुनार, चामुण्डाकी पद्मकला रेग्मी, भगवतीमाई गाउँपालिकाका गंगा विष्ट र जमुना विष्ट, लयाटीका टोपेन्द्र बहादुर शाही र नारायण–६ का गीता कुमारी बुढा पनि केन्द्रमा बसेर उज्ज्वल भविष्य खोजिरहेका छन् ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











