कुन–कुन बैंकले बढाए नाफा ?
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, एनसिसी बैंक, सेञ्चुरी बैंक, मेगा बैंक, सनराइज बैंक, नेपाल बङ्गलादेश बैंक, लक्ष्मी बैंक, जनता बैंकले नाफा बढाएका छन् ।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षदेखि वित्तीय विवरण तयार पार्दा एनएफआरएस प्रणाली लागू गरेसँगै बैंकको नाफा बढि देखिएको छ। नियामकीय प्रावधानलाई पूरा गरेपछि भने केही बैंकको नाफा घटेको पनि छ।
नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १७.८४ प्रतिशतले नाफा बढेर एक अर्ब ६ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यही अवधिमा ८९ करोड ४९ लाख रुपैयाँ नाफा थियो।
बैंकले एक खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब २४ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। गत वर्ष एक खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ६ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो।
खुद व्याज आम्दानी एक अर्ब ५९ करोड रुपैयाँ गरेको छ। प्रति शेयर आम्दानी ३३ रुपैयाँबाट बढेर ४० रुपैयाँ पुगेको छ।
सानिमा बैंक
सानिमा बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ४९।०३ प्रतिशतले नाफा बढाएको छ। बैंकले तीन महिनामा ४६ करोड ४४ लाख रुपैयाँ नाफा गरेको छ भने गत वर्ष ३२ करोड ६९ लाख रुपैयाँ थियो। बैंकले ८४ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ८ करोड रुपैयाँ ऋण लगानी गरेको छ। खुद व्याज आम्दानी ९७ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ। प्रति शेयर आम्दानी १८ रुपैयाँबाट बढेर २५ रुपैयाँ पुगेको छ।
एनसिसी बैंक
एनसिसी बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७०.४० प्रतिशतले नाफा बढाएर २८ करोड चार लाख रुपैयाँ पुर्याएको छ। गत वर्ष बैंकको नाफा १६ करोड ४५ लाख रुपैयाँ थियो। बैंकले ६२ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरि ५७ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेको छ।
बैंकले खुद व्याज आम्दानी ८० करोड ८० लाख रुपैयाँ आर्जन गरेको छ। जबकी गत वर्ष यस्तो आम्दानी ३४ करोड ७६ लाख रुपैयाँ मात्रै थियो। प्रति शेयर आम्दानी पनि २१ रुपैयाँबाट ४० रुपैयाँ पुगेको छ।
सेञ्चुरी बैंक
सेञ्चुरी बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८९.१४ प्रतिशतले नाफा बढाएको छ। बैंकले पहिलो तीन महिनामा २० करोड रुपैयाँ नाफा गरेको छ भने गत वर्षको यही अवधिमा १० करोड ५७ लाख रुपैयाँ मात्रै थियो। बैंकले ६२ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरि ५७ अर्ब ५४ करोड रुपैयाँ ऋण लगानी गरेको छ।
बैंकले खुद व्याज आम्दानी ८० करोड १५ लाख रुपैयाँ छ भने गत बर्ष ४६ करोड ५४ लाख रुपैयाँ थियो। प्रति शेयर आम्दानी ९ रुपैयाँबाट बढेर १३ रुपैयाँ पुगेको छ।
मेगा बैंक
मेगा बैंकले पहिलो तीन महिनामा १८८.६२ प्रतिशतले नाफा बढाएको छ। बैंकले तीन महिनाम २३ करोड ६१ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष ८ करोड १८ लाख रुपैयाँ नाफा थियो।
बैंकले ६६ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरि ६२ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गरेको छ। खुद व्या आम्दानी ९२ करोड ८१ लाख रुपैयाँ छ। बैंकले १६ करोड ८३ लाख रुपैयाँ रेगुलेटरी एड्जसमेन्ट गर्दा लाभांस बाँड्न मिल्ने नाफा कम देखिएको हो। प्रति शेयर आम्दानी ६ रुपैयाँबाट १५ रुपैयाँ पुगेको छ।
सनराइज बैंक
सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३३.५२ प्रतिशतले नाफा बढाएको छ। पहिलो तीन महिनामा २७ करोड २० लाख रुपैयाँ नाफा गरेको छ।
निक्षेप संकलन ७५ अर्ब ७९ करोड रुपैयाँ संकलन गरि ६६ अर्ब ५९ करोड रुपैयाँ ऋण लगानी गर्दा खुद व्याज आम्दानी ८२ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ। प्रति शेयर आम्दानी ९ रुपैयाँबाट बढेर १६ रुपैयाँ पुगेको छ।
नेपाल बङ्गलादेश बैंक
नेपाल बङ्गलादेश बैंकले पहिलो तीन महिनामा ४२.९७ प्रतिशतले नाफा बढाएको छ। बैंकले तीन महिनामा २२ करोड १ लाख रुपैयाँ नाफा गरेको छ।
पहिलो तीन महिनामा ४७ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरि ४८ अर्ब ४१ करोड रुपैयाँ ऋण लगानी गर्दा ६९ करोड ३ लाख रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ। प्रतिशेयर आम्दानी ७ रुपैयाँबाट बढेर १४ रुपैयाँ पुगेको छ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४६.९७ प्रतिशतले नाफा बढाएको छ। बैंकले तीन महिनामा २५ करोड १३ लाख रुपैयाँ नाफा गरेको छ भने गत वर्ष १७ करोड ९ लाख रुपैयाँ थियो।
बैंकले तीन महिनामा ६९ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरि ६४ अर्ब ६२ करोड रुपैयाँ ऋण लगानी गर्दा ७४ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ। प्रति शेयर आम्दानी १० रुपैयाँबाट १४ रुपैयाँ पुगेको छ।
जनता बैंक
जनता बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २९४.९५ प्रतिशतले नाफा बढाएको छ। बैंकले पहिलो तीन महिनाम २५ करोड ५९ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष ६ करोड ४८ लाख रुपैयाँ थियो।
बैंकले ६२ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरि ५८ अर्ब ४५ करोड रुपैयाँ ऋण लगानी गर्दा खुद व्याज आम्दानी ७९ करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ। प्रति शेयर आम्दानी ९ रुपैयाँबाट १६ रुपैयाँ पुगेको छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












