मंसीर १ बाट ६ लाख कर्मचारीलाई रु १० लाखको स्वास्थ्य बिमा
काठमाडौं । कर्मचारी सञ्चय कोषले मंसिर १ गतेदेखि लागू हुने गरी ६ लाख सञ्चयकर्ताको सामूहिक स्वास्थ्य बिमा गर्ने भएको छ । कोषले प्रत्येक सञ्चयकर्ताको रु १० लाखसम्मको स्वास्थ्य बीमा गर्न लागेको हो ।
कोषले यसका लागि राष्ट्रिय बीमा कम्पनीसँग ३ वर्षे समझदारीपत्रमा हस्ताक्षरसमेत गरेको छ । समझदारी पत्रअनुसार मङ्सिर १ गतेदेखि कोषका ६ लाख सञ्चयकर्ता यसबाट लाभान्वित हुनेछन् ।
यो व्यवस्था लागू भएपछि सञ्चयकर्ताले साधारण औषधोपचारमा रु १ लाखसम्म र घातक रोगको उपचारमा रु १० लाखसम्मको खर्च दाबी गर्न सक्नेछन् । साथै, यसअन्तर्गत दुर्घटना बीमा पनि समेटिएको छ । बीमा योजनाअनुसार सरकारी निकायका पुराना र नयाँ सञ्चयकर्ताहरू स्वतः बीमाको दायरामा आउनेछन् । यद्यपी, निजीक्षेत्रका सञ्चयकर्ताहरूको हकमा कम्तीमा ६ महीनासम्म नियमित कोषमा रकम जम्मा गरेको हुनुपर्ने समझदारीपत्रमा उल्लेख छ ।
पहिलो वर्षका लागि प्रति सञ्चयकर्ता रु ४ सय २० का दरले जम्मा रू। २५ करोड २० लाख बीमाशुल्क निर्धारण गरिएको छ । तोकिएको बीमाशुल्क कर्मचारी सञ्चय कोषले भुक्तानी गर्नेछ । मुनाफाबाट तोकिएको बीमाशुल्क भुक्तानी गरिने कोषको भनाइ छ । यद्यपि, बीमालेख नवीकरण गर्दा अघिल्ला वर्षका दाबी भुक्तानी र सञ्चयकर्ताको सङ्ख्याको आधारमा बीमाशुल्क परिवर्तन हुनसक्ने कोषले बताएको छ ।
कार्यक्रममा कोषका प्रशासक तुलसी गौतमले नेपालीको अत्यन्त कमजोर स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी यो बीमा योजना ल्याएको बताए । आगामी दिनमा यस बीमा योजनालाई थप प्रभावकारी बनाइने उनको भनाइ छ । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले अनलाइन प्रणाली मार्फत् योजनालाई अझ प्रभावकारी बनाइने छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












