सरकारी सुविधाबाट वञ्चित हुँदै मुटुरोगी
काठमान्डौँ । उपचारका लागि भेरी अञ्चल अस्पतालमा आएका मुटुका बिरामी राज्यले दिने सेवाबाट वञ्चित भएका छन् । सरकारले कार्डियोलोजी विभागलाई सूचीकृत गर्न ढिलाइ गरेका कारण साविक मध्य तथा सुदूरपश्चिमाञ्चलका सयौँ मुटुरोगी सरकारी सेवाबाट वञ्चित भएका हुन् ।
मुटुरोगका बिरामीलाई रु एक लाखसम्मको उपचारमा सहयोग गर्ने नीति राज्यको छ तर संस्था सूचीकृत नहुँदा उपचारका लागि भेरी अञ्चल अस्पतालमा आउने मुटुरोगका बिरामीले उक्त सेवा पाउन नसकेको अस्पतालले जनाएको छ ।
संस्था सूचीकृतका लागि भेरी अञ्चल अस्पतालले तीन महिनाअघि स्वास्थ्य मन्त्रालयमा रहेको सामाजिक सेवा तथा नर्सिङ महाशाखामा पत्र पठाए पनि अहिलेसम्म दर्ता नभएको अस्पतालका निमित्त मेडिकल सुरपरिटेण्डेन्ट वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले बताएका छन ।
मुटुरोगको उपचारका लागि क्याथल्याब सञ्चालन ढिलो गरी सञ्चालनमा आएकाले सरकारले रकम विनियोजनमा ढिलाइ भएको उनले बताएका छन। ‘‘सूचीकृत भएको भए मुटुरोगका बिरामीले सहजरुपमा उपचार पाउने थिए । सूचीकृत नहुँदा राज्यले दिएको सुविधाबाट सर्वसाधारण वञ्चित भएका छन्,’’ उनले भने ।ू
सरकारी ढिलासुस्तीका कारण भेरी अञ्चल अस्पतालले बिरामीलाई सुविधा दिन नसकेपछि बिरामी काठमाडौँ र भारतका महङ्गा अस्पतालमा उपचार गराउन बाध्य भएका छन् । मुटुरोगले थलिएका गरीब परिवारका बिरामी शल्क्रिया गराउन नसकेर थलिएको अस्पतालका इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा कृष्ण अधिकारीले बताएका छन।
उनले काठमाडौँका निजी अस्पताल र भेरी अञ्चल अस्पतालले सूचीकृतका लागि एकैसाथ निवेदन दिएको बताएका छन । ‘सँगै निवेदन दिएका निजी अस्पताल सूचीकृत भइसके तर पश्चिम नेपालका बिरामीलाई सेवा दिने भेरी अस्पतालले अझैँ पाउन सकेन,’ उनले भने, “भेरी अञ्चल अस्पतालमाथि पक्षपात भएको छ ।”
‘‘काठमाडौँस्थित गङ्गालाल अस्पतालले डेढ लाख पर्ने शल्यक्रिया भेरी अञ्चल अस्पतालले रु ७० हजारमा गर्दै आएको छ’’ डा अधिकारीले भने । उहाँले भेरी अञ्चल अस्पतालमा उपचार गराउन आउनेमध्ये प्रायजसो गरीब हुने गरेको बताए ।
‘हुने खाने सिधै काठमाडौँ र भारतका महङ्गा अस्पताल जान्छन्, उपचारका लागि यहाँ आउने प्रायःजसो गरीब र निमुखा मात्र हुन्छन्,’ डा अधिकारीले भने । उनले सस्तोमा शल्यक्रिया गराउन समेत बिरामीले नसकेको बताए। शल्यक्रिया र मुटुमा लाग्ने उपकरण महङ्गो पर्ने भएकाले उपचारमा धेरै खर्च लाग्ने गरेको डा अधिकारीको भनाइ छ ।
अन्य रोगभन्दा धेरै जटिल र संवेदनशील भएकाले उपचार जटिल हुने उनले बताए । ‘‘सरकारी सुविधा पाएको भए उपचारमा बिरामीलाई केही राहत मिल्ने थियो,’’ उनले भने, “मुटुरोगको उपचारमा भेरी अस्पतालले उच्च प्रविधिसहित सेवा दिन थालेको छ ।”
जनरल कार्डियोलोजी, बहिरङ्ग सेवा, इनडोर, हृदयाघात उपचार, इकोकार्डियोग्राफी, इनसर्टिभ कार्डियोलोजी सेवा भेरी अस्पतालले दिँदै आएको निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा राजन पाण्डेले जानकारी दिए । भेरी अस्पतालले उच्च प्रविधिसहितको क्याथल्याबसमेत सञ्चालनमा ल्याएको छ ।
भेरी अस्पतालमा दैनिक सरदर ३० जना मुटुरोगका बिरामी उपचारका लागि आउने गरेका छन् । टाढा टाढाका बिरामीसमेत उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । आर्थिकरुपले सम्पन्न व्यक्तिहरु राजधानीलगायत विदेशमा समेत उपचारका लागि जाने गरेपनि सर्वसाधारण व्यक्तिका लागि यस भेरी अञ्चल अस्पतालले आधारभूत स्वास्थ्य सेवा पु¥याउँदै आएको छ ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











