छोराको होइन सन्तानको खाँचो होस्

सरस्वती पाण्डे/लीलाकुमारी अर्यालले मंसिर २ गते एक राष्ट्रिय दैनिकमा ‘मेरो कोख चिहान होइन’ भन्ने शीर्षकको लेखले मेरो मन छोयो । दोहो¥याई–दोहो¥याई पढेँ । त्यसपछि मलाई केही लेख्न मन लाग्यो । छोरा र छोरीप्रति गरिने भेदभाव परापूर्वक कालदेखि स्थापित हुँदै आएको छ। पहिले खुल्ला रूपमा भेदभव गरिन्थ्यो । अहिले पनि यो रोकिएको छैन । पहिलो सन्तान छोरी हुनेहरूलाई अर्को सन्तान छोरा हुनुपर्छ र होस् भन्दै महिलालाई नै दवाब दिने प्रचलन जहाँतहीँ छ।
पुरातन विचारधाराका मानिहरूले भन्दा त पचाउन सकिन्छ तर नयाँ विचारधाराको हुँ भन्दै आडम्बरीरूको मानसिकतामा डढेलो लागेको देख्दा मथिंगलका ज्वारभाटाले त्यस्ता व्यक्तिहरूलाई मुटु छेड्ने गरी हान्न मन लाग्छ । कोखमा हुर्किन लागेको सन्तान छोरी हो भन्ने थाहा पाए पछि कैंची चलाई उसको अस्तित्व मेटाउने कार्य बाबुबाट मात्र होइन आमाहरूबाट पनि हुँदै आएको छ । समाजमा देखिन्छ । सुन्ने गरिन्छ ।
कोही बाध्यताता परेर आफ्नो गर्भलाई रुँदै तुहाउने तर अधिकांश रूपमा सहमति गरेर कोखलाई महिनैपिच्छे चिहान बनाउनेको जमात अनगिन्ती छन्। सन्तानको पीडामा तड्पिने जमातको ब्यथा छुट्टै छ । पंतिकारलाई लाग्छ-यस धर्तीमा जन्मिएका कोही पनि आमा र बाबु हुनबाट बञ्चित हुन नपरोस् । इच्छा हुँदाहुँदै पनि कोख र मन रित्तो भएका अनेक रुढिवादी व्यवहार सहन बाध्य भएका हृदयहरूलाई सहानुभूति बाहेक केही गर्न सकिंदैन । तर क्षमतावान् ती व्यक्तिहरू जसले आफ्नो यौनरसको गलत तरिकाले प्रयोग गरेर आफ्नै कोखलाई प्रहार गरेको देख्दा मन अमिलो हुन्छ । दिक्क लाग्छ ।
छोराछोरीबीचको भेदभाव अशिक्षितभन्दा शिक्षितबाट भएका छन् । छोरी घरमा हुँदाहुँदै छोराको लागि कोखमा कैंची लगाएको ती घरमा भएका छोरीहरूले थाहा पाए भने कस्तो असर पर्ला र थाहा पाएकोको मस्तिष्कमा कस्तो छाप परेको होला ? यस विषयमा ती कैंचीवाज आमाबाबुले सोचेका छन् ? बिबाहित दम्पतीलाई छोराको होइन सन्तानको खाँचो होस् ।छोरीले पनि उत्तिकै भूमिका पूरा गर्नेछन् जति छोराहरूले गरेका छन्। हरेकले बलत्कारी छोरा जन्मिनुभन्दा इमान्दारी छोराछोरी जन्मिनुमा गर्व गरुन् ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











