नेविसङ्घको विवाद टुङ्याउँदै काङ्ग्रेस
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय समिति बैठकले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विवाद समाधान गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने बैठकले नेविसङ्घको विधान पारित गरी विवाद समाधान गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
नेविसङ्घको वर्तमान केन्द्रीय समितिको कार्यकाल आज मङ्सिर २ गते समाप्त हुँदैछ । विस २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित केन्द्रीय समितिले त्यसयता थप गरिएको तीन महीनाको अवधिमा समेत महाधिवेशन हुन नसकेपछि अन्योल देखिएको हो ।
काङ्ग्रेस बैठकले सहमतिमा नेविसङ्घको विधान पारित गर्ने र महाधिवेशनका लागि नेविसङ्घको वर्तमान कार्यसमितिको अवधि दुई महीना थप गर्न सक्ने प्रवक्ता शर्माले बताउनुभयो ।नेविसङ्घको हालको विधानमा दुईवर्षे कार्यकाल र विशेष परिस्थितिमा तीन महीना थप गर्न सकिने र सो समयमा पनि महाधिवेशन गर्न नसके स्वतः कार्यसमिति विघटन हुने प्रावधान छ ।
काङ्ग्रेस बैठकले तीन महीनाको थप अवधिलाई पाँच महीना बनाई स्वतः विघटनको सङ्घारमा पुगेको नेविसङ्घको वर्तमान कार्यसमितिलाई महाधिवेशन गर्न दुई महीना समयवधि दिनेछ । यस सम्बन्धमा पार्टीमा सहमति जुट्ने प्रवक्ता शर्माले विश्वास व्यक्त गर्नुभयो । नेविसङ्घका बारेमा निर्णय लिन शनिबार बोलाइएको काङ्ग्रेस बैठकमा सहमति हुन नसकेकाले सभापति शेरबहादुर देउवा पार्टी कार्यालय पुग्दा नेविसङ्घका नेता कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए । यसअघि संस्थापन पक्ष नेविसङ्घको वर्तमान कार्यसमितिको म्याद थपेर महाधिवेशन गर्न दिने पक्षमा थियो भने संस्थापन इतर पक्षको भने वर्तमान कार्यसमिति भङ्ग गरेर महाधिवेशनका लागि तदर्थ समिति बनाउनुपर्ने माग थियो ।
आइतबारको बैठक अघि नेविसङ्घको महाधिवेशन सम्बन्धमा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा गठित निर्देशक समितिले विधान परिमार्जनलगायत विषयमा छलफल गरेको थियो । विसं २०२७ मा गठन भएको नेविसङ्घ काङ्ग्रेसको प्रभावशाली भ्रातृ संस्था हो ।
फाइल तस्बिर
Comments
अरु समाचार
-
‘सुशासन, व्यावहारिक र अनुकूल नीति ल्याइए समृद्धि सम्भव’
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने...
-
आयल निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढायो
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई...
-
सर्वोच्चद्वारा अरुण चौधरीको योग्यता विवादसम्बन्धी रिट खारेज, सांसद पद जोगियो
काठमाडौं । कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ती पार्टीका सांसद अरुण चौधरीको पद जोगिएको छ । सर्वोच्च अदालतले सांसद चौधरीको योग्यता...
-
आज विपक्षी दलहरुको बैठक : पछिल्लो पटकको अध्यादेश सम्बन्धमा छलफल
काठमाडौं– नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ । बैठक बिहान साढे ९ बजे सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको...
-
आज भूकम्प दिवसः पूर्वतयारीका लागि सरकारको ध्यान नगएको गुनासो
काठमाडौँ: विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा हुनुहुन्छ । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु कम...
-
निर्देशक घिमिरेकाे चलचित्र ‘पहाड’ बन्दै, सामाजिक र आर्थिक समस्याको कथावस्तु समेटिने
काठमाडौँ । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गर्नुभएको छ । आफ्नो लेखन तथा निदेशनमा...
-
सुशासन, विकास र शान्ति नेपालीको अभीष्ट होःराष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्या समाधान गर्दै सबैलाई एकजुट भएर अघि बढ्न आव्हान गरेका छन् ।...
-
सुनको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८००...
-
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
काठमाडौं । धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन आज पवित्र धामका रुपमा परिचित बराहक्षेत्र, देवघाट, रिडी, त्रिवेणी, गोदावरी...