रामेश्वर थापाको द्वन्द्वकालीन संस्मरण ‘बारुदमाथि उड्दा’ सार्वजनिक हुँदै
काठमाडौं । आफ्नो ‘फ्लाइङ करिअर’मा ९ हजार घन्टाभन्दा बढी समय आकाशमा उडेका हेलिकोप्टर पाइलट रामेश्वर थापाको संस्मरण ‘बारुदमाथि उड्दा’ सार्वजनिक हुने भएको छ। सञ्चार उद्यमीसमेत रहेका थापा माओवादी ‘जनयुद्ध’को कहालीलाग्दो समयमा जोखिम मोलेर घाइते सुरक्षाकर्मीहरूको उद्धारमा खटिएका थिए।
‘जनयुद्ध’का अधिकांश भिडन्तलगत्तै घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेका थापाले पुस्तकमा युद्धस्थलका आला घटना, छटपटाइरहेका घाइतेका चित्कार तथा आगोको मुस्लो र बारुदको धुवाँले रङ्मङ्गिएको बखतका उद्धारको वर्णन गरेका छन्।
नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रबहादुर सिंहले क्याप्टेन थापाका बारेमा पुस्तकको भूमिकामा भनेका छन्, ‘माओवादीले दोस्रोपटक खारा आक्रमण गर्दा सेनाका पाइलटले पनि खारामा थप एमुनेसन र फौज झार्न नसक्दा भिडन्त भइरहकै अवस्थामा क्याप्टेन थापाले अवतरण गरेका थिए । वरिपरि फाइरिङ भइरहेकै अवस्थामा जोखिम मोलेर थप सैन्य शक्ति र एमुनिसन पुर्याई घाइतेहरूको उद्धार गर्न सक्नुभयो। उहाँ नभएको भए सायद खारामा सेनाले ठूलै मूल्य चुकाउनुपर्थ्यो। त्यस बेलामा व्यवसायभन्दा पनि राष्ट्रको संवेदनशीलता बुझेर थापाले हेलिकप्टर उडाई हामीलाई सहयोग गर्नुभएको हो।’
पुस्तकमा रुकुमको खारा आक्रमणदेखि दैलेखको नौमुले र रामेछापको बेथानदेखि सिन्धुलीको भिमाद आक्रमण लगायतका चालीसभन्दा बढी स्थानको घटनाको तात्कालिक अवस्था र उद्धारको रोचक चित्राङ्कन क्याप्टेन थापाले गरेका छन्। साथै, काभ्रेपलाञ्चोकको सामान्य किसान परिवारमा जन्मेर हेलिकप्टर पाइलट बन्नका लागि गरेको मेहनत र सङ्घर्ष तथा जीवनमा उठाएका जोखिम र त्यससँग सम्बन्धित घटना र परिघटनाले उनको दुस्साहसपूर्ण चरित्रको समेत चित्राङ्कन पुस्तकमा गरिएको छ।
क्याप्टेन थापाको संस्मरण ‘जनयुद्ध’का दौरान सँगालेका दुर्लभ र जोखिमपूर्ण अनुभवको एरियल न्यारेटिभ हो। अन्नपूर्ण पोस्टका पूर्व सम्पादक एवम् पत्रकार राजाराम गौतमले सम्पादन गरेको पुस्तकको आवरण प्रकाशन संस्था बुक-हिलले शनिबार सार्वजनिक गरेको छ। पुस्तक मंसिरको तेस्रो साता बजारमा आउने बुक-हिलले जनाएको छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












