ओलीभन्दा प्रचण्ड गतिशील : डा.केसी
काठमाडौँ । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले तुलनात्मक रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा प्रचण्ड राम्रो र गतिशील नेता भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
डा.केसीले भने,‘अहिलेका नेताहरूमा प्रचण्ड गतिशील छन् । तर,उनको त्यो गतिशीलता हाम्रो लागि प्रयोग भएन । उनकै छोरी र बुहारीको लागि त्यो ‘डाईनामिज्म’ लागू भयो ।’
उनले सरकारले जनताका चाहना र आकांक्षा पूरा गर्नेगरि काम गर्न नसकेको स्वीकार गरे । उनले भने,‘अब जनताका चाहनाअनुसार काम गर्नुपर्छ । काममा ब्रेक–थु हुनुपर्छ ।’ उनले कामको हिसाबले यो सरकार पूर्ण रुपमा असफल भैसक्यो । निर्वाचनका ताका जनतामा गरेका प्रतिबद्धता र वाचाहरु यो सरकारले अहिले पूर्ण रुपमा छोडिसक्यो । हुन त मलाई त्यतिवेलापनि यीनीहरुले बोलेका कुरा कुनैपनि हालतमा पूरा गर्छन भनेर विश्वास थिएन र सम्भव पनि थिएन भनेर लागेको थियो । अहिले त्यही भयो ।’
सरकारले बोलेका कुराहरू केही पनि पूरा नगरेको उनको गम्भीर आरोप छ । उनले भने,‘खाल्डाखुल्डीहरू पुर्छु भन्नुभयो । तर, त्यो काम पूरा भएन् । मन्त्रीहरुले ठेकेदारहरुलाई कारबाही गर्छौं भनेर ठूलो स्वरमा बोल्नुभयो । त्यसमा पनि केही भएन् । सिण्डिकेट हटाउँछौं भन्नुभयो । तर, एकाधिकार अहिलेपनि कायमै छ । सुन काण्डमा पनि त्यही हाल भयो । गृहमन्त्री बादलले त भ्रष्टाचारीहरूको पाता कस्छु भन्नुभयो। तर, कारबाही केही पनि भएन् । प्रचण्डले बोलाएर उनलाई गृहमन्त्री हुने की सिंघम बन्ने भनेर सोधेपछि उहाँ चुप लाग्नुभयो । त्यसपछि निर्मला पन्तको बलात्कारपछि हत्याको प्रकरण आउन थाल्यो ।’
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलेसमेत यो सरकारले काम गर्न सकेन भनेर सैद्धान्तिक कुरा उठाएको उनले सुनाए । उनले भने,‘अहिले हेर्नुहोस्, नियुक्ती प्रकरणले ओली अहिले आलोचित बनेका छन् । झलनाथ खनाल, माधव नेपालले पनि यो सरकारको बारेमा आलोचना गरिरहेका छन् । माधव नेपालले त हाउसभित्रै तमासा देखाउनुभयो । तर, पछि उहाँले ओलीको विकल्प छैन भन्नुभयो । प्रचण्डजीले त सरकारको ‘गियर’ बढाउनुपर्छ भन्नुभएको छ ।’
ओली सरकारले कुनैपनि क्षेत्रमा आशातित नतिजा नदेखाएको उनको गम्भिर आरोप छ । उनले भने,‘ओलीले किन पश्च्गामी शैलीमा काम गर्न थाल्नुभयो ? मैले बुझन् सकेको छैन् । नाकाबन्दीको बेलामा उहाँले राष्ट्रिय अडान लिनुभयो । हामीले पनि उहाँलाई सफल नेताको रुपमा चित्रण गरेकै हो । मैले त झनै सफल नेता र विकासको ‘एसेट’ को रुपमा लिएको थिएँ । तर, मैमाथि त्यतिवेला प्रश्न खडा भयो ।’
उनले मुलुकमा उद्योग तथा लगानीको वातावरण पनि नबनेको चित्रण गरे । केसीले ओली सरकारले जनतामा कुनैपनि आशालाग्दो नतिजा नदिएको जिकिर छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












