नेकपाको स्थानीय नेतृत्व चयन गर्ने जिम्मा प्रदेशलाई
परासी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पश्चिम नवलपरासीका स्थानीय तह कमिटीको नेतृत्व चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिएको छ । जिल्लामा सहमति हुन नसकेपछि जिल्ला कमिटीले नेतृत्व चयनका लागि गुहारेको हो ।
स्थानीय तहमा नेतृत्वका लागि तत्कालिन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले आफ्नो अडान नछाडेपछि जिल्ला कार्यदलले स्थानीय कमिटीको नेतृत्व चयन गर्ने अधिकार प्रदेश कमिटीलाई दिएको हो । जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका छन् । एक नगरपालिका र दुई गाउँपालिकामा माओवादी केन्द्र तथा दुई नगरपालिका र दुई गाउँपालिकाको नेतृत्व एमालेलाई दिनेमा सहमति नजुटेपछि प्रदेशलाई गुहार्नु परेको नेकपाका कार्यदल सदस्य थानप्रसाद गैरेले जानकारी दिनुभयो ।
स्रोतका अनुसार एमाले समूह सुनवल र बर्दघाट नगरपालिका तथा सरावल र सुस्ता गाउँपालिकाको नेतृत्व आफूले राखेर रामग्राम नगरपालिकासहित पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रलाई दिने पक्षमा छ । माओवादी केन्द्रले सुनवल वा बर्दघाटमध्ये एक नगरपालिका तथा पाल्हीनन्दन र सरावल गाउँपालिकाको नेतृत्व पाउनुपर्ने अडान लिएको छ । जिल्ला कार्यदलले यसअघि नगरपालिका तहबाट ७५ जना र गाउँपालिका तहबाट ७० जनाको नाम सिफारिस गरेको गैरेले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












