‘सत्यनिरुपण र बेपत्ता आयोगले सोचेजस्तो काम गरेन’
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले सोचेजस्तो काम गर्न नसकेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले बृहत् शान्ति प्रक्रिया पूरा भएको १२ वर्षसम्म पनि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले काम गर्न नसकेको उल्लेख गर्नुभयो । “हतियार व्यवस्थापन, संविधानसभाको निर्वाचन, संविधान निर्माण, तीन तहको निर्वाचन सम्पन्न गर्नु उपलब्धिमूलक कुरा हो, अब मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि लैजानुपर्छ,” उहाँले भन्नुभयो । दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने काम अहिलेसम्म हुन नसक्नु दुःखद कुरा भएको उहाँको भनाइ थियो ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेता रावलले दुई आयोगले के कसरी काम गर्न सकेन दभन्ने कुरा अध्ययन गरेर काम गर्ने वातावरण निर्माणका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । सरकारका कामकारवाही अपेक्षित मात्रामा नभएको कुरा प्रधानमन्त्री स्वयम्ले भनिरहेको उल्लेख गर्दै उहाँले जनअपेक्षित कामकारवाहीका बारेमा बिहिबारको सचिवालय बैठकमा समेत छलफल हुने जानकारी दिनुभयो । नेता रावलले नेकपाको प्रदेश, जिल्ला र वडा तहले चाँडै पूर्णता पाउने बताउनुभयो । नेता रावलले केन्द्रीय समितिका सदस्यको कार्यविभाजन र पोलिब्यूरो गठनका लागिसमेत गृहकार्य शुरु भइसकेको जानकारी गराउनुभयो । रासस
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












