नेपाल आइडलबाट बाहिरिइन् गोल्डेन माइक विजेता नीलिमा थापा, सुमित पाठकलाई सर्वाधिक भोट
काठमाडौं । नेपाल आइडलको सुरुदेखि नै आफ्नो स्वरको जादु चलाउन सफल पोखराकी नीलिमा थापा शुक्रबारको इपिसोडबाट बाहिरिएकी छन्। नीलिमाले भर्खरै कक्षा १२ सकाएकी छन्। धेरैजनालाई साथी बनाउन नसक्ने रिजर्भ स्वभावकी नीलिमाले आइडलबाट बाहिरिएपछि सधैंभरि गायनलाई नै साथी बनाएको बताइन्। भन्छिन्, ‘गीत नै मेरो साथी, गीत नै मेरो जिन्दगी।’
नीलिमा पोखरा अडिसनबाट गोल्डेन माइक प्राप्त गरी नेपाल आइडलमा प्रवेश गरेकी हुन्। उनीसँग दुई थरी स्वरको जादु छ। बोल्ने बेलामा केही मोटो स्वर निस्कने नीलिमा जब माइक समाउँछिन्, अनि निस्कन्छ उनीभित्रको स्वरको जादु।
सबै खालका गीत गाउने सक्ने खुबी भएकी नीलिमा अघिल्लो हप्तादेखि केही अस्वस्थ देखिएकी थिइन्। उनले विभिन्न औपचारिक कार्यक्रममा स्टेज प्रस्तुति पनि दिने गरेकी छन्।
शुक्रबार कार्यक्रमबाट बाहिरिनेमा आफ्नो नाम सुनेपछि उनी एकाएक स्तब्ध बनिन्। आँखाबाट खस्नखस्न लागेको आँसु लुकाउँदै उनी जबरजस्ती हाँस्न खोजिरहेकी थिइन्। उनले नेपाल आइडलले आफूलाई विशेष प्रकारको नाम र पहिचान दिएकोमा कार्यक्रमको खुलेर प्रशंसा गरेकी थिइन्। शुक्रबारको प्रस्तुतिमा पफमर अफ द डे अमित बरालले पाए। सर्वाधिक भोट सुमित पाठकले पाए भने अस्मिता अधिकारी र विक्रम बराल बटम थ्रीमा परे ।
निलिमा बाहिरिएसँगै आइडलमा सुमित पाठक, विक्रम बराल, रवी ओड, अस्मिता अधिकारी, अमित बराल र पवन गिरी छन्। आइडलको प्रतिस्पर्धा झन्झन् रोमाञ्चक बनिरेको छ। कसलाई प्रशंसा गर्नु कसलाई के भनेर कमेन्ट गर्नु गल्ती पनि निकै कम मात्र भेटिन्छ। नेपाल आइडलको पछिल्ला हरेक कार्यक्रम विशेष बनिरहेका छन्। आइडलको जजमा न्ह्यु वज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा छन्।
‘मन जित्छ उसले, राम्रो गाउँछ जसले’ नाराका साथ नेपाल आइडल सिजन २ गत साउन २४ देखि सुरु गरिएको हो। नेपाल आइडलका च्यानल हेड लक्ष्मीप्रसाद पौडेल हुन् भने प्रोजेक्ट हेड सुरेश पौडेल छन्। कार्यक्रम निर्देशकहरू सुरेश पौडेल, लोकेश वज्राचार्य र एलन श्रेष्ठ छन्।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












