राजश्व चुहावट गर्नेमाथि कानुनी कारवाही गर्न विभाग कटिबद्ध छ : दीर्घराज मैनाली, महानिर्देशक राजस्व अनुसन्धान विभाग
दीर्घराज मैनाली राजश्व अनुसन्धान विभागको महानिर्देशक हुनुहुन्छ । यो विभाग अर्थ मन्त्रालय मातहतबाट प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा गएपछि मैनाली पहिलो महानिर्देशक बन्नु भएको हो । झापाको सुरुङ्गा नगरपालिकामा जन्मनु भएका मैनालीले व्यवस्थापन र अर्थशास्त्रमा स्नाकोत्तर शैक्षिक उपाधी हासिल गर्नु भएको छ । शाखा अधिकृतमा लोकसेवा आयोग उत्तीर्ण गर्दा उहाँ आफ्नो ब्याजमा प्रथम हुनु भएको थियो । करदाता सेवा कार्यालय नयाँ बानेश्वरको प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरि सक्नु भएका मैनाली राजश्व समूहको कर्मचारीको रूपमा धेरै लामो समय काम गरी अनुभवी, काविल, सक्षम, इमान्दार, राष्ट्र र जनताका पक्षमा केही गरौँ भन्ने भावनाले ओतप्रोत भएका निडर, हक्की स्वभावका प्रशासक हुनुहुन्छ । तत्काल निर्णय गर्न सक्ने क्षमताका प्रशासक भएकै कारण सरकारले उहाँलाई राजश्व चुहावट नियन्त्रण गर्ने महत्त्वपूर्ण विभागको जिम्मेवारी सुम्पिएको छ । उहाँ विभागमा आएपछिको साँढे पाँच महिनाको अवधिमा ५ अर्व ५० करोड राजश्व छलिको विगो र जरीवाना उल्लेख गरी ३५ वटा मुद्दा विभिन्न जिल्ला अदालतमा दर्ता भैसकेका छन् । उहाँले विभागको नयाँ संगठनात्मक स्वरुपको स्वीकृति गराई दरबन्दी अनुसारको कर्मचारीको व्यवस्थापन गरी राजश्व चुहावट नियन्त्रण गर्न सुक्ष्म ढङ्गले सूचना संकलन, विश्लेषण गरी उद्योग, व्यवसायमा छापा मार्ने, छानवीन, अनुसन्धान गर्दै आउनु भएकोले अहिले विगत आर्थिक वर्षको ५ महिनाको तुलनामा ४३ प्रतिशत राजश्व रकम बढी असुल भएको छ । महानिर्देशक मैनालीसँग न्युज–नेपालका सम्पादक सजिब कालाखेती र विशेष प्रतिनिधि किशोर शर्माले उहाँकै कार्यकक्षमा गरेको छोटो कुराकानी :
राजश्व अनुसन्धान विभागको गतिविधि कस्तो छ ?
राजश्व अनुसन्धान विभागले आफ्नो कामकारवाही र गतिविधिहरू निरन्तर रूपमा अगाडि बढाई रहेको छ । विभाग हिजो अर्थ मन्त्रालय मातहत रहेको थियो भने आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय मातहतमा आएको छ । यसले राजश्व चुहावट तथा नियन्त्रण ऐन, २०५२ अन्तर्गत कर तथा गैरकर राजश्व चुहावटका विषयमा अनुसन्धान र छानवीन गरेर अदालतमा मुद्दा दायर गर्ने काम गर्छ । विगत पाँच महिनाको अवधिमा झण्डै साँढे ५ अर्व विगो, जरीवाना माग दावी गरी ३५ वटा मुद्दाहरू विभिन्न जिल्ला अदालतमा दर्ता गरी सकेका छौँ । ऐन अनुसार राजश्व चुहावटको कसुरमा संलग्न भएका व्यवसायी, त्यसलाई सहयोग गर्ने व्यक्ति लगायत सबै व्यक्ति र कहिकतै राजश्व चुहावट कार्यमा संलग्न कर्मचारी सबैमा अनुसन्धान गरी कारवाही अगाडि बढाएका छौं । यस क्रममा नेपालगञ्ज भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत सहित ६ जना कर्मचारीहरू माथि मुद्दा चलाई सकेका छौँ । यसको प्रदर्शनात्मक प्रभाव सकारात्मक परेको देखिन्छ । यसले प्रत्यक्ष रुपमा भन्सार राजश्वमा सकारात्मक प्रभाव पारेको छ । भन्सार राजश्व विगत् आर्थिक वर्षको तुलनामा ५ महिनाको अवधिमा करिब ४३ प्रतिशत वृद्धि भएको छ ।
आन्तरिक सुधार र अन्य सुधारका कामहरू के–के गर्दैै हुनुहुन्छ ?
राजश्व चुहावट ऐनमा संशोधन गर्ने र संगठनात्मक सुधारका कामहरु गर्दैछौँ । राजश्व अनुसन्धान विभाग अन्तर्गत रहेका कार्यालयहरु इटहरी, पथलैया, बुटवल र कोहलपुरमा प्रशासन, कानुन, लेखा र राजश्व समूहका कर्मचारी रहने गरी नयाँ संगठनात्मक कर्मचारीको संगठन संरचना स्वीकृत भएको छ । त्यो अनुसार कर्मचारीको व्यवस्थापन भैसकेको छ । ति कर्मचारीहरूलाई तालिम दिने, सदाचार अनुसार काम गर्ने निर्देशन दिइसकेका छौँ । इकोनोमिक इन्टेलिजेन्सका रुपमा यो विभागलाई विकास गर्ने र उच्च सदाचार प्रणालीमा रहेर राजश्व चुहावट सम्बन्धी काम कारवाही बढाएका छौँ । हामीले राजश्व चुहावटमा गरेका काम कारवाही, छानवीन अनुसन्धानले राजश्व परिचालन गर्न महत्वपूर्ण टेवा पु¥याउने काम गरिरहेको छ । सरकारको राजश्व असुली र संकलनमा यसले महत्वपूर्ण प्रभाव पारिरहेको छ ।
तपाईं विभागको महानिर्देशक भएपछि भन्सार राजश्व असुलीमा वृद्धि भएको देखिन्छ । यो कसरी सम्भव भयो ?
म विभागमा महानिर्देशक भएर आएको ५ महिनाको अवधिमा विगत आर्थिक वर्षको सोही अवधिको तुलनामा समग्र भन्सार राजश्वमा करिब ४३ प्रतिशत राजश्व वृद्धि भएको छ । समष्टिगतमा यो धेरै ठूलो उपलब्धी हो । हामीले सुक्ष्म रुपमा भन्सार नाकामा निगरानी बढाएपछि नै विगतमा प्रति गाडी, ट्रक, कन्टेनर सामाग्रीमा भन्सार राजश्व बुझाएको तुलनामा १० गुणासम्म बढी राजश्व असुली भएको छ । भन्सार नाका मार्फत हुने राजश्व चुहावट नियन्त्रणमा भएको यो ठूलो उपलब्धी हो । त्यही सहिमार्ग र प्रभावको कारण अहिले राजश्व चुहावट न्यूनीकरण भई विगत वर्षको राजश्व असुलीको तुलनामा भन्सारबाट करिब ४३ प्रतिशत राजश्व बढ्न गएको हो । यो सुधारमा अर्थ मन्त्रालय लागेको छ, स्वयम् प्रधानमन्त्री प्रतिबद्ध हुनुहुन्छ, यसको साथै राजश्व अनुसन्धान विभागले सही मार्गका साथ अगाडि बढेको कारण राजश्व त्यो ढंगले बढेको हो ।
चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा आन्तरिक मुल्य अभिवृद्धिकर लक्ष्य भन्दा करिब ४ अर्ब न्यून राजश्व असुल भएको देखिन्छ । यस तर्फ विभागको ध्यान आकृष्ट भएको छ कि छैन ?
केही समय भन्सारको भ्याट बढ्यो भने त्यो रकम क्रेडिटको रुपमा आन्तरिक राजश्वतर्फ क्लेम गर्ने र त्यसपछि मात्र हिसाब मिलान भएर भ्याट राजश्व संकलन वृद्धि हुने प्रणालीगत रुपमा केही प्रभाव परेर त्यसो भएको हुन सक्छ । यसमा के कारणले राजश्वमा कमी भयो हामीले सुक्ष्म रुपमा अध्ययन गरेपछि मात्र भन्न सक्छौ । हामीले गरेको कामको प्रभाव तुरुन्तै भन्सार राजश्व संकलनमा देखिन्छ । यसको प्रभाव आन्तरिक राजश्व विभाग तर्फ केही समय पछाडि मात्रै देखिने गर्दछ । त्यसैले भ्याट असुलीमा देखिएको न्यूनता अस्थायी प्रभाव मात्र हो भन्ने मलाई लागेको छ ।
विभागको सूचना संकलन र राजश्व चुहावट गर्नु हुँदैन, कतै पाइए सूचना दिन आम नागरिक, व्यापारि, उद्योगी, कर्मचारीमा जनचेतना जगाउने, सचेत गराउने काम विभागबाट खासै भएको छैन, किन होला ?
विभागमा आउनु पर्ने भरपर्दो सूचनाहरू आइरहेका छन् । त्यो सूचनालाई हामी अध्ययन, विश्लेषण, गरेर राजश्व चुहावट भएको सुक्ष्म रुपले एकिन गरेर राजश्व चुहावट भएको रहेछ भन्ने मात्रै हामी त्यसमा अनुसन्धान गर्छौ । हामीमा आएका सूचना भरपर्दा छन् । त्यो सूचनाका आधारमा गरिएको छानवीन अनुसन्धानको रिजल्ट राम्रो आएको छ । बिना सूचना र आधार अनुसन्धानमा प्रवेश गर्ने र पछि रिजल्ट नहुने गरी हामीले काम गर्दैैनौ, गरेका पनि छैनौ । आएका सूचनाको संकलन गर्ने, सही रुपमा विश्लेषण गर्ने, त्यसलाई सही रुपमा उपयोग गरेर राजश्व चुहावट भएको एकीन भैसकेपछि हामीले अनुसन्धान प्रकृया, खानतलासी आदि प्रकृयाहरु शुरु गर्छौ । सूचना संकलन, विश्लेषण, खानतलासी गोप्य रुपमा हुन्छन् । त्यो कुरा सबै गोप्य हुन्छ । त्यो कुरा बाहिर आउँदैनन् । यी प्रकृया निरन्तर भैरहेका हुन्छन् । विभागले खरो रुपमा आफ्ना काम गरिरहेको छ ।
विभागले सूचना संकलन गर्ने, राजश्व चुहावट गर्नेहरूसँग वार्गेनिङ गरी शक्ति र अधिकार दुरुपयोग गरी अनुचित आर्थिक लाभ लिने, कारवाही नगरी उन्मुक्ति दिने निकायका रुपमा विगतमा विभागलाई हेरिन्थ्यो तर तपाई महानिर्देशक भएर आएपछि विभागको कार्यशैली फेरिएकै हो त ?
विगतमा के भयो, कसरी काम भयो मलाई थाहा भएन तर विभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय मातहतमा आइसकेपछि यो विभागले पूर्ण सदाचार पद्धति अपनाएर काम गर्दै आएको छ । विना आधार, प्रमाण कसैको कार्यालय, गोदाम, पसलमा खानतलासी गर्ने, खातापाता कब्जा गर्ने, कारोवार रोक्का गर्ने, पक्राउ गरी मुद्दा चलाउने काम भएको छैन । हामी पूर्ण सदाचार पद्धति अपनाएर काम गरिरहेका छौँ । हामीलाई प्रधानमन्त्री ज्यूको प्रतिबद्धता र सन्देश प्राप्त भएको छ । हामी उहाँको प्रतिबद्धता र सन्देश अनुसार काम गर्छौ । कसैलाई गलत नियतका साथ छानवीन, अनुसन्धान गर्दैनौ । यो विभाग र मातहतका कर्मचारी त्यसमा पूर्ण प्रतिबद्धता छौँ । विगत ६ महिनादेखि विभाग अन्तर्गतका कर्मचारीले पूर्ण सदाचार पद्धति अनुसार काम गर्दै आएका छन् । कोही पनि विभागका कर्मचारी आर्थिक अनियमिततामा संलग्न छैनन् । यदि कोही कतै संलग्न भएको पाइए कडा कानुनी कारवाही गर्छौ । हामीले उच्चस्तरको सदाचार प्रणाली अपनाएको कारणले राजश्व कर्मचारी वा अन्य कसैले राजश्व चुहावट गरेमा उच्च आत्मबल साथ छानवीन अनुसन्धान गर्न सकेका छौ । अहिले विभाग पूर्ण सदाचार पद्धति र प्रणालीमा सञ्चालित छ । विभागले गलत ढङ्गले काम गर्दैन र गर्न पनि दिँदैन ।
विभागले विगत ६ महिनाको अवधिमा साँढे ५ अर्वको विगो र जरिवानाको मुद्दा दायर गरेको भन्नुभयो, यसमा कति सफलता पाउनुभयो ?
हामीले राजश्व चुहावटमा अदालतमा मुद्दा दर्ता गरेपछि न्याय निरुपण गर्ने काम सम्मानित अदालतको हो । अदालतले विभिन्न प्रकृया पुरा गरेर न्याय निरुपण गर्दछ । हामीले अनुसन्धान छानवीन गरेर सरकारी वकिलको राय लिएर अदालतमा मुद्दा दर्ता गर्ने हो । हामीले दर्ता गरेको सबै मुद्दामा अदालतबाट धरौटी माग भएको छ । केही मुद्दाहरु छानवीनको क्रममा रहेका छन् । केही अभियुक्तलाई हिरासतमा राखेर छानवीन अनुसन्धान गर्ने आदेश भएको छ । अहिलेसम्मको प्रारम्भिक प्रतिवेदन अनुसार हामीले छानवीन अनुसन्धान गरी अदालतमा दर्ता भएका, कारवाही चलाएका र छानवीन भैरहेका मुद्दामा शतप्रतिशत सफलता प्राप्त गरेका छौँ । अदालतको अन्तिम किनारा नलागेसम्म चल्दै आएको मुद्दामा हामीले केही भन्ने स्थिति छैन । अदालतको प्रकृयाबाट अन्तिम किनारा लाग्न केही समय लाग्छ । मलाई लागेको छ, हामीले अनुसन्धान गरेको प्रारम्भिक अनुसन्धान शतप्रतिशत सफल भएका छन् ।
अन्त्यमा,
आमउद्यमी, व्यवसायी र नागरिकहरुमा के सन्देश दिन चाहनुहुन्छ ?
आम उद्यमी, व्यवसायी लगायतमा हामी के भन्न चाहन्छौँ भने फियर व्यवसाय गर्नुस्, कानुन बमोजिम काम कारवाही गर्नुस्, तपाईहरूले कुनै झन्झट व्यहोर्नु पर्दैन । विभागले तपाईहरुको हित र व्यवसायीक संरक्षणमा काम गर्छ । कही कतै कोही राजश्व चुहावटमा संलग्न भएको पाइए, देखिए सूचना गर्नु होला । त्यस्तो राजश्व चुहावट गर्ने माथि विभागले कानुन बमोजिम कारवाही गर्छ । सूचना उपलब्ध गराउने तपाईहरुलाई पनि बिगो, जरिवाना वापतको केही रकम दिई पुरस्कृत गर्छाै । विभागले राजश्व चुहावट हुन नदिन सुक्ष्म रूपमा निगरानी बढाएको छ । स्वस्थ्य व्यवसायी गर्ने उद्यमी, व्यवसायीले हामीलाई सहयोग गर्नुस् , स्वास्थ्य व्यवसायी गर्ने, कानुन बमोजिम व्यवसाय गर्ने साथीहरुलाई हाम्रो पूर्ण साथ, सहयोग र संरक्षण रहने छ । राजश्व चुहावट गर्ने माथि हामी कडा रुपमा कारवाही गर्छौ । राजश्व संकलनमा सकृय रहेका कर्मचारीहरूले पनि कानुन बमोजिम मात्र काम गरिदिनु होला । त्यसमा कही कतै मतियारका रुपमा कोही कतै संलग्न भएको देखिएमा, प्रमाणित भएमा ति सबै कर्मचारी माथि कानुनी कारवाही गर्न विभाग पूर्ण प्रतिबद्ध छ । त्यसै अनुसार आफ्ना कृयाकलाप गरिदिनु हुन म सबैमा अनुरोध गर्दछु ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












