गृहकार्य नपुगेपछि नेकपा सचिवालय बैठक स्थगित
काठमाडौं । केन्द्रीय कमिटी सदस्यहरुको कार्य बिभाजनको गृहकार्य अपुग भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । आइतवार दिनभरी गृहकार्य गरेर सोमवार सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको कार्यबिभाजन टुंगो लगाउने भनिएको थियो ।
तर ४४१ सदस्यीय केन्द्रीय कमिटीका सदस्यहरुको कार्य बिभाजनको लागि गृहकार्य अपुग भएपछि सचिवालय बैठक एक दिन सरेको हो । नेताहरुको रुचि, आवश्यकता र विषय विज्ञताका आधारमा कार्य बिभाजन गर्नुपर्ने भएकाले समय लिएको स्रोतले जनाएको छ ।
सचिवालय स्रोतका अनुसार बहुसंख्यक केन्द्रीय सदस्यहरुलाई भूगोलको काममा खटाइने भएको छ । पोलिटव्यूरो गठन गरेरमात्र केन्दीय कमिटीको कार्य बिभाजन गर्न केही नेताहरुले भने पनि अध्यक्षद्वय केपी ओली र प्रचण्डले तत्काल पोलिटव्यूरो गठनतिर चासो नदिएको एक नेताले बताए ।
नेकपाको केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी सम्हालिरहेका नेता कृष्णगोपाल श्रेष्ठले अहिले केन्द्रीय सदस्यहरुको कार्य बिभाजन सचिवालयले टुंगो लगाएपछि स्थायी कमिटी बैठक बस्ने जानकारी आफूले पाएको बताए । उनले पोलिटव्यूरो गठन अहिले नहुने जानकारी दिए ।
स्रोतका अनुसार नेकपाका स्थायी कमिटी सदस्यहरुलाई प्रदेश इन्चार्ज र महत्वपूर्ण बिभागको प्रमुखको जिम्मेवारी दिइने भएको छ । विदेश बिभाग, प्रचार विभाग, संसदीय बिभाग, अर्थ तथा योजना विभाग, नीति अनुसन्धान बिभाग र संगठन बिभाग जस्ता विभागीय प्रमुखको जिम्मा सचिवालय र स्थायी कमिटीका सदस्यले पाउनेछन् ।
त्यस्तै पोलिटव्यूरो गठन नभएकाले तत्कालीन एमालेका पोलिटव्यूरो र तत्कालीन माओवादीको स्थायी कमिटी तथा सचिवालयमा रहेका नेताहरुमध्येबाट जिल्ला इन्चार्ज तोकिने भएको छ । यद्यपि सिनियर केन्द्रीय सदस्यहरुले पनि जिल्ला इन्चार्जको जिम्मेवारी पाउनेछन् ।
उदाहरणका लागि १० निर्वाचन क्षेत्र भएको काठमाडौंमा पोलिटव्यूरो तहको नेता इन्चार्ज र केन्द्रीय सदस्य सहइन्चार्ज हुनेछन् । ७७ जिल्लामै इन्चार्ज र सहइन्चार्ज केन्द्रीय सदस्यहरु हुनेछन् । त्यसबाहेक महानगरपालिका लगायत महत्वपूर्ण स्थानीय तहमा पनि केन्द्रीय सदस्यलाई इन्चार्ज तोकिने भएको छ ।
केन्द्रीय सदस्यहरुको कार्य बिभाजन र प्रदेश कमिटी सदस्यहरुको नाम सचिवालयले टुंगो लगाएपछि स्थायी कमिटी बैठकबाट अनुमोदन गरिने भएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












