रोजगारीका लागि अब विदेशिनु पर्दैन : मन्त्री विष्ट
काठमाडौँ । बाध्यताको वैदेशिक रोजगार पाँच वर्षसम्म मात्र रहने श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले बताएका छन् । राजधानीबाट प्रकाशित हुने एक राष्ट्रिय दैनिकलाई अन्तर्वार्ता दिंदै मन्त्री बिष्टले उक्त कुरा बताएका हुन् ।
पाँच वर्षभित्र बैदेशिक रोजगारका लागि बाहिर जाने बाध्यता कम गर्ने तयारी सरकारले गरेको मन्त्री विष्टले बताए । उनले भने,‘ गुणस्तरीय रोजगारीका लागि आफ्नो चाहाना/इच्छाले रोजगारका लागि बाहिरिनेलाई रोक्न सकिन्न । यो विश्वव्यापी प्रविधि र संस्कृति नै हो । तर रोजगारीका लागि नै बाहिरिनु पर्ने अवस्थाको भने अन्त्य हुन्छ ।’
बैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित र भरपर्दो बनाउन समय लागेकाले मलेसियामा श्रमिक पठाई हाल्न नसकिएको मन्त्री विष्टको भनाई छ । बैदेशिक रोजगारमा जाने क्रममा विभिन्न तरिकाबाट ठगीएकाहरूलाई उजुरी गर्नको लागि जिल्ला प्रशासन कार्यलय मै उजुरी दर्ता गर्न मिल्ने व्यवस्था मिलाउने मन्त्री विष्टले बताए ।
नेपालको जनशक्तिले नेपालमा नै काम गर्न पाउन भन्ने चाहाना रहेको छ । मन्त्री विष्टले थपे, ‘नेपालको जनशक्ति अभिमुखीकरण नगर्ने तर प्रमाणपत्र बेच्ने प्रवृत्ति छ, अब त्यो फेरिन्छ ।’ बैदेशिक रोजगार कम गर्नाको लागि आन्तरिक स्देशमै रोजगारी सिर्जनाको वातावरण सरकारले गराउँछ । सरकारले सञ्चालन गरेको आयोजनालाई समयभित्र सम्पन्न गर्नेगरी श्रमिक थप्ने योजना बनाईएको मन्त्री विष्टले बताए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












