न्यायपरिषद्द्वारा प्रधानन्यायाधीशका दाबेदारको नाम शिफारिश
काठमाडौं । न्यायपरिषद् सचिवालयले भावी प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई न्यायाधीशको व्यक्तिगत विवरणसहितको रेकर्ड संवैधानिक परिषदमा पठाएको छ । सचिवालयले सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएर ३ वर्ष काम गरेका दीपकराज जोशी र चोलेन्द्र शमशेर जबराको विवरण संवैधानिक परिषद्मा पठाएको हो ।
संविधानअनुसार संवैधानिक अंगका पदाधिकारीको नियुक्ति सिफारिस एक महिनाअघि नै गर्नुपर्ने भएकाले संवैधानिक परिषदलाई सजिलो होस् भनेर रेकर्ड पठाइएको न्यायपरिषदका सचिव नृपध्वज निरौलाले बताए ।
स्रोतका अनुसार न्याय परिषद सचिवालयले संवैधानिक परिषद सचिवालयलाई पठाएको पत्रमा दीपकराज जोशी बरिष्ठतम न्यायाधीश भएकाले एक नम्बरमा उनको नाम छ । तर, कैफियतमा उनी संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अश्वीकृत भएको समेत जनाइएको छ ।
पत्रको कैफियतमा भनिएको छ– निज दीपकराज जोशी संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीश पदमा अश्वीकृत भई हाल सर्वोच्च अदालतको न्यायाधीशमा कार्यरत रहेको ।
संवैधानिक परिषदको बैठक यसैसाता बसेर चोलेन्द्र शमसेर जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने तयारी रहेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । जोशी यसअघि संसदीय सुनुवाई विशेष समितिको निर्देशनबमोजिम संवैधानिक परिषदबाट अश्वीकृत भइसकेकाले उनको नाममा यसपटक थप छलफल नहुने स्रोतको दाबी छ ।
पछिल्लो समय सर्वोच्च अदालतमा एक महिनादेखि एकै न्यायाधीशहरुको इजलास गठन गरेर सयौं रोपनी सरकारी जग्गा व्यक्तिका नाममा गर्ने मुद्दाहरूको सुनुवाइ हुन थालेपछि सरकार झस्किएको छ ।
दुईजना बरिष्ठ न्यायाधीशले प्रधानन्यायाधीश मिश्रलाई भेटेरै ‘बेन्च सपिङ’ले अदालतको मर्यादा खत्तम भएको भन्दा पनि सुनुवाई नभएपछि यो विषय संसद र संवैधानिक परिषदमा पुगेको स्रोतले जनाएको छ ।
पछिल्लो समय सरकारी वकिलले सरकारी जग्गासम्बन्धी मुद्दाहरु ती इजलासमा परेपछि नभ्याइने भन्दै सार्न थालेका छन् । गोठाटार र महोत्तरीको सरकारी जग्गा व्यक्तिका नाममा गर्ने प्रयास भएपछि हालैमात्र महान्यायाधिवक्ताको कार्यालयबाट ती दुवै मुद्दा सारिएको स्रोतले जनाएको छ ।
तत्कालै संवैधानिक परिषद बैठक बसेर प्रधानन्यायाधीश सिफारिस गरेपछि अदालतको ‘बेन्च सपिङ’ कमजोर बन्ने सुझावपछि परिषद बैठक बोलाउन लागिएको स्रोतले जनाएको छ । प्रधानन्यायाधीश मिश्रलाई एक महिनाअघि घरविदा बस्न सन्देश पठाइए पनि उनले विदा नबस्ने बताएका छन् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












