सस्ता भए विकास र समृद्धिका कुरा

सरस्वती पाण्डे/नेपाला समृद्धिको कुरा गर्ने वित्तिकै जोक ठानिन्छ । के हामीले समृद्ध नेपाल र सुखी नेपाली भएर देख्न मन नभएको हो र ? होइन । पक्कै होइन । हामीलाई सुसम्पन्न देशको नागरिक भएर बस्न मन छ । ताकी विश्वमा नेपाल र नेपालीको छुट्टै इज्जत होस् । शान होस् ।
हाम्रो मुलुकको विकास किन भएन ? के कारण छ त्यस्तो जसले विकास गर्न हामीलाई बारम्बार अवरोध गरेको छ । हामीले २००७ सालको क्रान्तियता धेरै आन्दोलन गरेका छौं । आजसम्म जति पनि भएका आन्दोलनहरू छन् ति सबैको उद्देश्य भनेको विकास र समृद्धि हो । हामीले मुलुकको विकास र समृद्धिको नाममा धेरै रगत र पसिना बगाएका छौं । के अब हामीकहाँ अझै पनि विकासको मुल फुटेर नेपालीका प्रत्येक घर–घरमा सिंचाई नभएको हो ?
विकास र समृद्धिकै लागि राणाले अवरोध ग¥यो भनेर राणा नै फ्याक्यौं । त्यसपछि फेरि आन्दोलन गर्नुप¥यो । हामीले पञ्चायतले अवरोध ग¥यो भनेर पञ्चायत फ्याक्यौं र बहुदल ल्यायौं । फेरि हाम्रो विकास र समृद्धिको लक्ष्य तुहिएन । हामीले बहुदल ल्यायौं । जनयुद्ध भयो । १७ हजार त मान्छे मात्रै मारिए । राजाले अवरोध ग¥यो भनेर राजै फ्याक्यौं । संविधान पुरानो भयो भने हामी नयाँ संविधान बनायौं । राणा, राजा, प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा हामी के पायौं र के गुमाएका छौं ? यसको समीक्षा क्ष्तिहासले गर्छ नै । तर, आज सबै बदलिएर मुलुकमा नेता मात्रै छन् । नेता गतिलो भइदिएको भए जनता सधैंको गरिबी, अभाव र छटपटीम बाँच्नु पर्ने थिएन होला । जहाँ जे जस्तो काम गरे पनि मुलुकको विकास र समृद्धि नभएको दोष जनताले नेतालाई नै दिने गरेको देखिन्छ । नेताले जनताकोभन्दा बढी आफ्नो स्वार्थ र प्रलोभनमा लाग्दा जनताको सधैं तारो बने ।
छापामा मात्रै होइन विद्युतीय सञ्चार माध्यममा समेत यतिखेर प्रधानमन्त्री केपी शर्मा ओलीले रोजेको युगको कथन छ । विज्ञापन छ । विज्ञापनको र स्वयम प्रधानमन्त्रीको चौतर्फी आलोचना र धज्जी उठाइएको छ सामाजिक सञ्जालमा । यो किन भयो ? के विकास र समृद्धिको कुरा गर्नु कुनै अपराध हो ? के बेकार हो ? होइन । तर कुनै पनि राम्रो कुराको, वस्तुको प्रचार गर्नुपर्दैन । तर ओलीले किन त्यसरी प्रचार गरे ? जनता वाक्कदिक्क भएका छन् प्रधानमन्त्री, मन्त्री र नेताका कार्यशैली देखेर । काम चैं नगर्ने केवल भाषणवाजी गरेर मात्रै समृद्धिको सपना देखे । दुई तिहाईको बलियो सरकार छ । खुरुखुरु काम गरे भैहाल्यो नि । किन अनेको नाटक गर्नुप¥यो ?
हामीलाई आश्वासन होइन । रोजगार चाहिएको हो । सुरक्षा चाहिएको हो । न्याय चाहिएको छ । हामीलाई काम गरेर खानका लागि शान्त र सुरक्षित वातावरण चाहिएको छ । अस्पताल चाहिएको हो । गुणस्तरीय शैक्षिक संस्था चाहिएको छ । हामीलाई जीवनयापनका लागि आधारभूत आवश्यकता चाहिएको छ । सरकारले जनताका यी आवश्यकतालाई पूरा गर्न नसक्दा सरकारको आलोचना भएको हो । विकास र समृद्धिको कुरा जोसुकैले गर्दा पनि धज्जी उठ्नु भनेको हो यो लाजमर्दो अवस्था मात्रै होइन सरकार र नेताका निकै कमीकमजोरीहरू हुन् ।
Comments
अरु समाचार
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
केही दिनसम्म सम्पर्कविहिन पूर्व कार्यवाहक महालेखापरीक्षक अन्ततः मृत भेटिए
काठमाडौं । परिवारबाट केही दिनदेखि सम्पर्कविहिन भएका पूर्व कार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा अधिकारी अन्ततः मृत फेला परे । उनको...











