तिम्ल्याह शिशुको उपचार गर्न आर्थिक सहयोग
म्याग्दी । धौलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले जन्माएका तिम्ल्याह शिशुको उपचारका लागि रु एक लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका कमला र राजु परियारका तिम्ल्याह शिशूको उपचारमा आर्थिक अभावका कारण समस्या भएको समाचार राससमार्फत सार्वजनिक भएपछि स्थानीयवासी, विभिन्न सङ्घ संस्था र व्यक्तिबाट रु एक लाख १५ हजार सहयोग जुटेको हो । टोल सुधार समितिको पहलमा हिलपोखरी, ताकम, काफलडाँडा, शिवाङमा सङ्कलन गरिएको रु ५७ हजार ७७० शिशुका बुबाआमा राजु र कमलालाई बुधबार हस्तान्तरण गरिएको हिलापोखरीका तारानाथ पौडेलले बताउनुभयो ।
लायन्स क्लब अफ दरवाङ म्याग्दी, नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखा, म्याग्दी उद्योग वाणिज्य सङ्घको दरवाङ एकाइले संयुक्तरुपमा दरवाङमा बुधबार घरदैलो गरेर रु २४ हजार ८३० जुटाई परियारका आफन्तलाई हस्तान्तरण गरिएको वडाध्यक्ष सन्तोष सुवेदीले बताउनुभयो । मच्छिमको आमा समूहले रु १५ हजार सहयोग गरेका छन । धारापानीका बासिन्दाले रु १५ हजार सङ्कलन गरेका जनाइएको छ । वडासदस्य नरकुमारी गुरुङले रु दुई हजार ५०० सहयोग गर्नुभएको छ ।
मङ्गला गाउँपालिका–५ छिसवाङका ताराबहादुर क्षेत्रीले पनि रु दुई हजार उपलब्ध गराउनुभएको छ । परियारले शल्यक्रियामार्फत सोमबार बिहान पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई छोरा र एक छोरी जन्माएकी थिइन् । कमलाको स्वास्थ्य सामान्य रहे पनि आइसियुमा राखिएका तीन बच्चाको उपचारका लागि आर्थिक अभावका कारण समस्या भएको छ । छोराहरु नौ/नौ सय र छोरीको तौल आठ सय ग्राम छ । रासस
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












