बुढीगण्डकीलाई बहुउद्देश्यीय आयोजनाका रूपमा अघि बढाऔं : डा.भट्टराई
सरकारी लगानीमै बनाउन तत्काल अधिकारसम्पन्न प्राधिकरण आवश्यक
नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनालाई बहुउद्देश्यीय आयोजनाका रूपमा अघि बढाउनुपर्ने बताएका छन् । बिहीबार उर्जा मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा उनले उक्त माग गरेका हुन् ।
सरकारी लगानीमै बनाउन तत्काल अधिकारसम्पन्न प्राधिकरण गठन गर्नुपर्ने माग गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले भने, ‘बुढीगण्डकी आयोजनालाई विजुली, पानी, पर्यटनलगायत क्षेत्र समेटेर बहुउद्देश्यीय रुपमा अघि बढाउनुपर्छ’ । ‘त्यसका लागि तत्काल बुढीगण्डकी उपत्यका विकास प्राधिकरण गठन गर्नुपर्छ’ उनले भने ।
सरकारले अहिले चर्चामा भएजस्तो चिनियाँ कम्पनीलाई ईपीसीएफ मोडलमा दिनु उपयुक्त नहुने भन्दै उनले सहुलियतपूर्ण ऋण खोजेर सरकारी लगानीमा नै बनाउनुपर्नेमा जोड दिए । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन र टेण्डर डकुमेन्टसमेत तयार भइसकेकाले अब इन्जिनियरिङको काम गरिराख्न आवश्यक नभएको उनको भनाइ छ ।
सरकारले इपीसीएफ मोडलमा चीनको चाइना गेजुवा ग्रुप अफ कम्पनीलाई बुढीगण्डकी आयोजना बनाउन दिने निर्णय गरिसकेको छ । डा. भट्टराईले चिनियाँ कम्पनीले व्यवसायिक दरमा नै रकम ल्याउन लागेको भन्दै भोलि नेपालीहरू ब्याजको पासोमा पर्न सक्ने खतरा औंल्याए ।
‘पैसा जोडजाडको कुरा छ, त्यो राज्यले गर्दा ठीक कि निजी कम्पनीले गर्दा ठीक ?’ उनले प्रश्न गरे ‘मैले सुनेअनुसार उसले ‘गेजुवा’ ले पनि कमर्सियल रेटमा नै ल्याउँदैछ, भोलि ब्याज तिर्दैमा हामी ठूलो ट्रयापमा पर्छौं, यो अत्यन्त राष्ट्रघात हुन्छ ।’
‘हिउँदमा बग्ने पानीको लाभ दक्षिणले लिन्छ, उत्तरले ब्याज खान्छ, हामी चाहिँ सधैं लाहुरेको लाहुरे नै हुन्छौं,’ डा. भट्टराईले थपे ।
राज्यले पहल गरेमा १ प्रतिशतभन्दा पनि कम दरमा सहुलियतपूर्ण ऋण पाइने उनले बताए । ‘यो आयोजना देशकै अर्थतन्त्रको ग्रोथ इन्जिन बन्न सक्छ, निजी क्षेत्रले तत्कालको फाइदा हेर्ने हुनाले बनाउन सक्दैन,’ उनले आयोजनाको विषयमा भने ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











