एशिया प्रशान्त शिखर सम्मेलनका लागि सुरक्षा व्यवस्था चुस्त
काठमाडौँ । नेपालमा पहिलो पटक हुन लागेको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’का लागि सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।
सबै सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएर सुरक्षा व्यवस्था चुस्त पारिएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिनुभयो । उहाँले अति–विशिष्ट र विशिष्ठ व्यक्ति सवार हुने क्षेत्रमा सुरक्षा अवस्थालाई समेत ध्यान दिई आवश्यकमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो ।
“विभिन्न देशका बहालवाला राष्ट्र÷सरकारप्रमुखसहित ४५ देशका पाहुन आउने भएकाले सुरक्षा व्यवस्था भरपर्दो बनाएका छौँ”, अधिकारीले भन्नुभयो, “परम्परागत सुरक्षा योजनाअनुसार विभिन्न घेरामा सुरक्षाकर्मी परिचालन छन्, सुरक्षा खतरालाई समेत ध्यान दिइएको छ ।”
“मुख्यगरी आवास क्षेत्र, कार्यक्रमस्थल, सडक क्षेत्रको सुरक्षामा थप ध्यान केन्द्रित छ”, अधिकारीले भन्नुभयो । सरकारको आमन्त्रणमा आउनुहुने पाहुनाको हकमा व्यक्तिगत सुरक्षाको व्यवस्थासमेत गरिएको गृहमन्त्रालयले जनाएको छ । सुरक्षा योजनामा उपत्यकालाई नै समेटिएको छ ।
प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले सूक्ष्म अध्ययन गरी सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराखेको भन्दै मातहतका सुरक्षाकर्मीलाई कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिएको बताउनुभयो । गृह मन्त्रालयको निर्देशनअनुसार सुरक्षाकर्मी थप गरिएकोसमेत उहाँले जानकारी दिनुभयो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले ट्राफिक व्यवस्थापनमा कुनै समस्या नरहेको बताउँदै हरेक क्षेत्रको आवागमन सहज पारिएको बताउनुभयो । अतिविशिष्ट र विशिष्ट पाहुना आउने भएपछि ट्राफिक व्यवस्थापनका लागि ध्यान दिँदै नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने सवारी साधनमा लगाएको जोर विजोर प्रणाली भने सर्वसाधारणको असहजतालाई ध्यान दिँदै आज बिहान ११ः३० बजेदेखि हटाइएको उहाँले बताउनुभयो ।
गएको भदौमा भएको बिम्स्टेक सम्मेलपछिको यो बृहत् सम्मेलन भएकाले सोहीअनुसार हरेक सुरक्षा अङ्ग परिचालन भएका छन् । सम्मेलनमा छ राष्ट्र÷सरकारप्रमुख तथा उपप्रमुख, पाँच प्रथम महिला, १० पूर्वराष्ट्र प्रमुख, एक उपप्रधानमन्त्री, पाँच सभामुख तथा उपसभामुख गरी ४५ देशका एक हजार ५०० विदेशी विशेष अतिथिको सहभागिता रहने जनाइएको छ ।
सम्मेलनमा भाग लिन टुभालुका राष्ट्रपति लाकोबा ताइया इतालेनी, म्यान्माका स्टेट काउन्सिलर आङ सान सु की र कम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीबार काठमाडौँ आइपुग्नुभएको छ । फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेदो बुधबार आउनुभएको थियो । सम्मेलनमा सहभागी हुन शुक्रबार नाउरुका राष्ट्रपति बारोन वाका र समोआका राष्ट्रप्रमुख अफिओगा तुइमालियालिफानो भालेटोआ सुवालौभी द्वितीय आउँदै हुनुहुन्छ ।
नेपाल सरकार तथा सङ्घीय संसद् नेपालको सहयोगमा इन्टरनेशनल कन्फरेन्स अफ एशियन पोलिटिक्स ९आइक्याप०, युनिभर्सल पिस फेडेरेशन ९युपिएफ०, इन्टरनेशनल एशोसिएसन अफ पार्लियामेन्ट फर पिस ९आइएपिपी० लगायत संस्थाको आयोजनामा सम्मेलन हुन लागेको हो । सम्मेलन मङ्सिर १७ गतेसम्म काठमाडौँमा हुनेछ ।
विशिष्ट पाहुनाको सुरक्षा र यातायातको व्यवस्थापन कार्य नेपाल सरकारले गरेको छ । सम्मेलन आयोजना गर्नका लागि पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा समितिसमेत गठन गरिएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












