एशिया प्रशान्त सम्मेलनः ४० देशका युवा अनुभव आदानप्रदान गर्दैै
एशिया प्रशान्त सम्मेलनः ४० देशका युवा अनुभव आदानप्रदान गर्दैकाठमाडौँ । विश्व शान्ति र समृद्धिका लागि युवा तथा विद्यार्थीले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गर्न एशिया प्रशान्त क्षेत्रका ४० देशका युवा तथा विद्यार्थी एकै थलोमा भेला भएका छन् ।
एशिया प्रशान्त सम्मेलनका अवसरमा विश्व शान्तिका लागि युवा र विद्यार्थी ९वाइएसपी० संस्थाद्वारा आयोजित वाइएसपी–परिसंवाद कार्यक्रममा सहभागीले युवा नेतृत्वले खेल्नुपर्ने भूमिका तथा अनुभव आदानप्रदान गर्नेछन् ।
कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विश्व शान्ति र समृद्धिका लागि युवा वर्गले योगदान गर्नुपर्ने बताए । उनले भने, “परिवार र समाजमा युवाको ठूलो दायित्व छ, युवा वर्गले विगतलाई सुरक्षित, वर्तमानलाई सुन्दर र भविष्यलाई सिर्जनशील बनाउनुपर्छ ।”
विश्व शान्तिका लागि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा युवालाई सक्षम बनाइनु पर्नेमा जोड दिए ।
संस्कृति मानवीयताको प्रमुख आधारस्तभका रुपमा रहेको चर्चा गर्दै उनले योग्यता र अनुभवको साझेदारीले एकापसमा जोड्ने विश्वास व्यक्त गरे । नेपालले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने जानकारी गराउँदै उनले एशिया प्रशान्त सम्मेलनमा सहभागीले आ–आफ्नो मुलुकमा नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्ने उल्लेख गरे ।
वाइएसपी नेपालका अध्यक्ष प्रकाशबाबु थापाले दिगो शान्ति स्थापनाका लागि युवा तथा विद्यार्थीको ठूलो भूमिका हुने उल्लेख गर्दै विश्वलाई सुन्दर बनाउने जिम्मेवारी युवाको काँधमा आएको बताए ।
सो अवसरमा सुविन भट्टराई, मन्दिरा रावत थापा, युवराज चौलागाईं, प्रताप दास, सुदीपकुमार कार्की, गणपतिलाल श्रेष्ठ, शङ्करकुमार प्रधान, अर्जुन अधिकारी, तुलसीराम पाण्डे, रवीन्द्र थापा र राज सागरलाई ‘युथ एम्बेसडर फर पिस’ उपाधिले सम्मान गरिएको थियो ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











