प्रधानमन्त्रीले भिरेको ‘क्रिस्चियन अवार्ड’ को चौतर्फी विरोध, कसले के भने ?
काठमाडौँ । यतिखेर सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चर्चा छ । चर्चा यसकारण छ कि उनले लगाएको तक्माको । उनलाई युनिफिकेसन चर्चकी धर्म गुरु हाक जा हान मुनले ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिन् । फाउण्डेसनले प्रधानमन्त्री ओलीलाई १ लाख डलर नगद सहित पुरस्कृत पनि ग¥यो ।
यही कारणले सरकारलाई चौतर्फी हमला भएको छ । एसिया प्यासिफिक समिटको पनि राम्रो सन्देश विश्वमा फैलिएको छैन । नेपालमा क्रिश्चियन धर्म मौलाइरहेको अवस्थामा स्वयम् प्रधानमन्त्रीले नै अवार्ड थापेर धर्मको प्रचार गर्न नहुने कपितयको तर्क छ । जनतालाई भ्रमित पार्ने अभियान कहाँबाट प्रायोजित छ ? खोजीको विषय हो । धर्म प्रचारको मुद्दा जोडेर ओलीले ”आशीष लिने” भनेर जोडिएको हल्ला पनि यो पुरस्कारसँगै खण्डन भएको छ । केही चर्चित व्यक्तिको विरोध यस्तो छ । यी प्रतिनिधि उदाहरण मात्रै हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमा लेखेका छन्–
सबैले भन्थे, मिशनरीले पचास हजार, एक लाख दिएर धर्म परिवर्तन गराउँछन् भनेर । मैले आजबाट रेट बढाएर एक लाख डलर गर्दिएको छु । क्रिस्चियन बनौँ, करोडपति बनौँ, समृद्ध होउँ । अनि दिनको एकपटक फादर मुनलाई सम्झौँ, शान्ती मिल्नेछ । शान्ती र समृद्धि हाम्रैपालामा ।
सबैले भन्थे, मिशनरीले पचास हजार , एक लाख दिएर धर्म परिवर्तन गराउँछन् भनेर । मैले आजबाट रेट बढाएर एक लाख डलर गर्दिएको छु । क्रिष्चियन बनौँ, करोडपति बनौँ, समृद्ध होउँ । अनि दिनको एकपटक फादर मुनलाई सम्झौँ, शान्ती मिल्नेछ ।
शान्ती र समृद्धि हाम्रैपालामा ।
— KP Sharma Koli (@Kpsharmakoli) December 2, 2018
पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुरा भट्टराईको प्रतिक्रिया भने यस्तो रहेको छ–
आपत्ति कुनै कार्यक्रम आयोजना भएकोमा हैनसघोर आपत्ति कुनै धार्मिक एनजीओको सहआयोजक राज्यका अंगहरू भएको र राज्यकोष खर्चेकोमा हो।कसैको कार्यक्रममा अतिथि बन्नु वा घरमा भेट्नआएका पाहुनालाई भेट्नु र आयोजक नै बन्नु एउटै हैन१यो त हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै हो नानु भने झैं भएन र ?
आपत्ति कुनै कार्यक्रम आयोजना भएकोमा हैन;घोर आपत्ति कुनै धार्मिक एनजीओको सहआयोजक राज्यका अंगहरू भएको र राज्यकोष खर्चेकोमा हो।कसैको कार्यक्रममा अतिथि बन्नु वा घरमा भेट्नआएका पाहुनालाई भेट्नु र आयोजक नै बन्नु एउटै हैन!यो त हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै हो नानु भने झैं भएन र ? https://t.co/JluBoixUp4
— Baburam Bhattarai (@brb1954) December 1, 2018
लेखक खगेन्द्र संग्रौलाले ट्वीटरमा लेखेका छन्–
जल्ले गर्छ धर्मनिरपेक्षताको उपहास गर्दै इसाई माता हान मुनको सभक्ति सेवा,उसले खान्छ एक लाख डलरको स्वादिलो मेवा।बजाए त हाव ओली सरले !
हिन्दु धर्मकाे श्रेष्ठता र प्रभुत्वकाे वकालत गर्दै धर्मनिरपेक्षतालाई कलङ्कित तुल्याएर राजनीतिक धन्दा चलाउने एउटा राजावादी राप्रपा थियाे,अब अाेली सरकाे इसाईभक्तिकाे भूत थपियाे। अाेली सर कुन तृष्णा,लालसा वा लाेभले यति भयङ्कर इसाईभक्त भएका हुन् लाेकलाई थाहा चाहियाे मान्यवर!
जल्ले गर्छ धर्मनिरपेक्षताकाे उपहास गर्दै इसाई माता हान मुनकाे सभक्ति सेवा,उसले खान्छ एक लाख डलरकाे स्वादिलाे मेवा।बजाए त हाव अाेली सरले!
— Khagendra Sangroula (@belakoboli) December 2, 2018
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले फेसबुकमा लेखेका छन्–
तपाईंको घाँटीमा झुण्डिएको सम्मान होइन, अपमान हो !
प्रधानमन्त्रीज्यु,
यो त अति भयो। तपाईं देशको प्रधानमन्त्री (हामी सबैको प्रधानमन्त्री। देशको प्रधानमन्त्रीले जसले जे पुरस्कार दियो, त्यसैका लागि शिर नुहाउनेरु धर्म प्रचारक संस्थाले दिएको पुरस्कार थाप्ने ?
त्यसमा पनि देशमा खराब नेतृ्त्व र कुशासनका लागि हरदिन यति बिघ्न आलोचना भैइरहेका बेला नेतृत्व र सुशासन पुरस्कार लिन अफ्टेरो लागेन ?
कि निर्मलालाई न्याय, वाइड बडी विमान, राष्ट्रपतिलाई गाडी, भ्रष्टाचारका अन्य मामिला तथा विकास आदि सबै विषयमा गज्जब काम गरेको छु भन्ने भ्रममा हुनुहुन्छ ?
हुनत, बारम्बार जनताकै मत जितेर आउनु भएको हो। संभवतस् हामी नेपाली तपाईंकै लागि योग्य छौं भन्ठान्नुभएको होला। तपाईंको त्यो भ्रम अब लामो समय टिक्नेवाला छैन।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












