संवैधानिक परिषद्को बैठक स्थगित,भावी प्रधान न्यायाधीशको नाम सिफारिस भएन
काठमाडौँ । संवैधानिक परिषद्को आजको बैठकमा नयाँ प्रधानन्यायाधीशका लागि न्याय परिषद्बाट सिफारिश भएका वरिष्ठतम दुई न्यायाधीशको नाम पेश भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठकमा न्याय परिषद्बाट प्रधानन्यायाधीशका लागि सिफारिश भइआएका सर्वोच्च अदालतमा तीन वर्ष कार्यकाल पूरा भएका न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्रशम्शेर जबराको नाम पेश भएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्र आगामी पुस १८ गते उमेर हदका कारण सेवानिवृत्त हुँदैछन् । सर्वोच्च अदालतका नयाँ प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले एक महीनाअघि नै नाम सिफारिश गर्ने परम्परा छ ।
न्याय परिषद्ले सिफारिश गरेका नाम संसदीय सुनुवाइका लागि सङ्घीय संसद् मातहत रहेको संसदीय सुनुवाइ समितिमा अनुमोदनका लागि पठाउनुपर्नेछ । बैठकमा प्रधानन्यायाधीशसहित अरु संवैधानिक आयोगमा रिक्त पदाधिकारीका लागि आएका नामबारे छलफल गरौँ भन्ने कुरा भए पनि नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको हुँदा प्रतिपक्ष दलका नेताका लागि समय अभाव रहेकाले आज कुनै निर्णय नगरी बैठक सकिएको अध्यक्ष तिमिल्सिनाले जानकारी पिदए ।
सङ्घीय संसद्मा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले बैठकमा सामान्य छलफल भए पनि कुनै निर्णय नभएको बताए । परिषद्को अर्को बैठक यही मङ्सिर २२ गते बस्ने निर्णय भएको पनि उनले जानकारी दिए ।
नेपालको संविधाननुसार गठन भएका आदिवासी जनजाति, थारु, मधेसी, मुसलमान, राष्ट्रिय समावेशी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी पनि रिक्त छन् । साथै यसअघि कायम रहेका राष्ट्रिय दलित र राष्ट्रिय महिला आयोग पनि लामो समयदेखि नेतृत्वविहीन छन् । बैठकमा प्रधानन्यायाधीश मिश्र र सभामुख कृष्णबहादुर महरा पनि सहभागी थिए ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











