कर्णाली प्रदेशको विकास र समृद्धिका लागि गुरुयोजना बनाएर काम अगाडि बढाइने
दुल्लु । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माथिल्लो कर्णाली जलविद्युत् आयोजना प्रदेश सरकारले निर्माण गर्न तयार रहेको बताएका छन् ।
प्रेस चौतारी र प्रेस सेन्टरले दैलेखमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “नौ सय मेघावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जिएमआरले लगानी जुटाउन असफल देखिएको छ, लगानी जुटाउन असफल भएकै कारण पटक–पटक म्यादसमेत थपिएको छ, अब पनि जिएमआर कम्पनीले लगानी जुटाउन नसके जिएमआरले छोड्नुपर्छ, कर्णाली प्रदेश सरकारले आफैं निर्माण गर्छ ।”
मुख्यमन्त्री शाहीले भारतसँग सीमा जोडिएको बाँकेको जमुनाह नाकादेखि चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकासम्म जोड्ने गरी निर्माण गर्न लागिएको दु्रत मार्गको सम्भाव्यता अध्ययन भइरहेको बताउँदै उक्त दु्रत मार्ग दैलेख हुँदै जानेमा विश्वस्त रहन सबैमा आग्रह गरे ।
कर्णाली प्रदेशको समृद्धिका आधार पर्यटन रहेको उल्लेख गर्दै उनले त्यसका लागि सम्भावनाहरुको खोजी भइरहेको बताए । “दैलेखको दुल्लु क्षेत्रलाई ‘पर्यटकीयस्थल बन्दीपुर’ जस्तै बनाउनुपर्छ भनेका छौ”, मुख्यमन्त्री शाहीले भने, “कर्णालीको गरीबी हटाउन स्रोतको खोजीसँगै सम्भावनाहरुको खोजी भइरहेको छ ।”
उनले समग्र कर्णालीको विकासका लागि तीनवटै तहका सरकार र यहाँ कार्यरत गैरसरकारी सङ्घसंस्थासँग सरकारले हातेमालो गर्ने बताउँदै गैरसरकारी सङ्घसंस्थाले होटलमा कार्यक्रम गरेर खर्च गर्ने रकम अब विकासका काममा लगाउन आग्रह गरे ।
आत्मनिर्भर मानसिकताको विकास गर्न जरुरी रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले नयाँ संरचना भएका कारण प्रदेशको बजेट कार्यान्वयनमा तत्काल केहि समस्या देखिए पनि विस्तारै अन्त्य हुने बताए ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि गुरुयोजना बनाएर काम अगाडि बढाइने पनि बताए ।
यसैबीच जिल्लाका सरकारी कार्यालयका कर्मचारीसँग गरिएको छलफलमा उहाँले बजेट कार्यान्वयनमा प्राथमिकता दिन, सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती नगर्न र नागरिकको सेवालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन पनि दिए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












