सरकारी कार्यालय सारेको भन्दै मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र
रोल्पा । जिल्लामा लामो समय सेवा प्रवाह गरेका महत्वपूर्ण सरकारी कार्यालय अन्य जिल्लामा स्थानान्तरण गरेको भन्दै रोल्पाको एक प्रतिनिधिमण्डलले प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा नेतृत्वको उक्त प्रतिनिधिमण्डलले बुटवलस्थित प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाएको हो । जनप्रतिनिधि, राजनीतिक दल, नागरिक सङ्गठन र सञ्चारकर्मी संलग्न उक्त प्रतिनिधिमण्डलले बुधबार मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा रोल्पा जिल्लाबाट एक/एक गर्दै सरकारी कार्यालय अन्य जिल्लामा स्थानान्तरण हुँदै जानु निकै दुखद् भएको बताइएको छ । त्यस्ता कार्यालय जिल्लाबाट स्थानान्तरण नगर्न गत असार ३ गते जिल्लाको सर्वपक्षीय समूहले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पठाएको भए पनि सुनुवाइ नभएको उल्लेख छ ।
जिल्लावासीको मागलाई बेवास्ता गर्दै शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, शहीद मार्ग सडक योजना कार्यालय, जिल्ला प्राविधिक कार्यालय, जिल्ला भूसंरक्षण कार्यालय र खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय स्थानान्तरण भई अन्य जिल्लामा गएको उल्लेख गरिएको छ । पछिल्लो पटक गत मङ्सिर २ गते सामाजिक विकास मन्त्रालयस्तरको निर्णयअनुसार जिल्ला स्वास्थ्य कार्यालयसमेत रोल्पा जिल्लाबाट स्थानान्तरण भएको विषयले निकै गम्भीर बनाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
लामो समयदेखि सेवा प्रवाह गरिरहेका करीब आधा दर्जन त्यस्ता कार्यालय जनता तथा तिनका प्रतिनिधिलाई समेत कुनै जानकारी नदिई पहुँचवालाको दबाबमा परी स्थानान्तरण गरिएको विषयप्रति घोर आपत्ति जनाउँदै अविलम्व पुनःस्थापनाका लागि माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शङ्कर पोखरेलले नयाँ संविधान घोषणा भएसँगै जिल्लामा रहेका अधिकांश कार्यालय खारेज भइसकेकाले आवश्यकताअनुसारका कार्यालय स्थापना हुन लागेको बताउनुभएको प्रतिनिधिमण्डलमा संलग्न नेपाल पत्रकार महासङ्घ रोल्पाका अध्यक्ष महेश न्यौपानेले जानकारी दिए ।
मुख्यमन्त्री पोखरेलले शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता अत्यावश्यक कार्यालय रोल्पामा स्थापनाका लागि आफूले पहल गर्ने आवश्वासन दिनुभएको प्रतिनिधिमण्डलका अर्का सदस्य एवं रोल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वकुमार चन्दले जानकारी दिए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












