ताजा समाचार

पत्रकार ढकालमाथि हातपात गर्ने कर्मचारीलाई कारवाहीको माग

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नेपाली जनता डटकमका सम्पादक यज्ञ ढकालमाथि भएको हातपातको विरोध गर्दै दोषीलाई कारवाहीको माग गरेका छन् ।

महासंघले एक विज्ञप्ति जारी गर्दै, काठमाडौं उपत्यका खानेपानी लिमिटेड महांकालचौर शाखाका कर्मचारीहरुले समाचार संकलनका लागि पुगेका ढकालमाथि हातपात गरेको भन्दै कारवाहीको माग गरेका हुन् ।

स्वतन्त्र रुपमा समाचार संकलन गर्न पाउने संवैधानिक अधिकार नै कुण्ठित गर्ने गरी भएको यस प्रकारको घटनाको भत्र्सना गर्दै महासंघले दोषीलाई तत्काल कारवाही गर्न माग गरेको छ ।         

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org