विपन्न परिवारलाई सिरक वितरण
भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा विपन्न परिवारलाई न्यानो (सिरक) कपडा वितरण गरिएको छ ।
सोमबार भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले यहाँका २६ आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई सिरक वितरण गर्नुभएको हो । वडा कार्यालयले विपन्न, दलित, आदिवासी जनजाति, पछाडि पारिएका समुदायको आर्थिक अवस्था सुधारका लागि कार्यक्रम गर्ने नगरप्रमुख विष्टले बताउनुभयो ।
नगरप्रमुख विष्टले भन्नुभयो, “वडा नं २ को कार्यालयले जाडोयाममा कमजोर अवस्थाका स्थानीयवासीलाई सिरक वितरण गरेकामा धन्यवाद दिन्छु”, उहाँले भन्नुभयो, “रचनात्मक कार्यको निरन्तरता आवश्यक छ ।”
चार बैंकलाई भत्ताको जिम्मेवारी
त्यसैगरी भीमदत्त नगरपालिकाले सामाजिक सुरक्षाभत्ता वितरणका लागि यहाँका चार बैंकलाई जिम्मेवारी दिएको छ । स्थानीय तह निर्वाचनपछि वडा कार्यालयबाट सामाजिक सुरक्षाभत्ता वितरण शुरु गरिएको हो । भीमदत्त नगरपालिकाले गत वर्षदेखि वडा कार्यालयबाट भत्ता वितरण शुरु गरेको थियो ।
नगरप्रमुख विष्टले स्थानीय तह निर्वाचनमा सामाजिक सुरक्षाभत्ता वडा कार्यालयबाट वितरण गरिएको बताउनुभयो । “बैंकबाट वितरण हुँदा वृद्धवृद्धाले सास्ती खेप्नुपरेको थियो ।” उहाँले भन्नुभयो, “अहिले घरआँगनकै वडा कार्यालयबाट वितरण हुँदा सहजता थपिएको छ ।”
भीमदत्त नगरपालिकामा कञ्चन बैंकले सबैभन्दा बढी वडामा भत्ता वितरणको जिम्मा लिएको छ । कञ्चनपछि कुमारी बंैकले बढी बडामा भत्ता वितरणको जिम्मा लिएको छ । कञ्चन बैंकले वडा नं २, ३, ६, ७, ८, ९, १०,१५, १६, १७ र १९ वडामा भत्ता वितरणको जिम्मा लिएको छ ।
यसैगरी वडा नं ५, ११, १२, १३, १४ मा कुमारी बैंकले भत्ता वितरणको जिम्मा लिर्दैै आएको छ । वडा नं १ र ४ प्रभु बैंैक तथा वडा नं १८ मा एनससीसी बैंकले भत्ता वितरणको जिम्मेवारी दिएको नगरपालिकाले जनाएको छ ।
चालु आर्थिक वर्षका लागि सामाजिक सुरक्षाभत्तामा रु १८ करोड बजेट विनियोजन गरिएको छ । ज्येष्ठ नागरिक, दलित, दलित बालबालिका, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख राउटे, राजी समुदाय, एकल महिलालाई सामाजिक सुरक्षाभत्ता दिने गरिएको छ । भीमदत्तमा १० हजार बढी बासिन्दाले सामाजिक सुरक्षाभत्ता पाउँदै आएका छन् ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












