विपन्न परिवारलाई सिरक वितरण
भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा विपन्न परिवारलाई न्यानो (सिरक) कपडा वितरण गरिएको छ ।
सोमबार भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले यहाँका २६ आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई सिरक वितरण गर्नुभएको हो । वडा कार्यालयले विपन्न, दलित, आदिवासी जनजाति, पछाडि पारिएका समुदायको आर्थिक अवस्था सुधारका लागि कार्यक्रम गर्ने नगरप्रमुख विष्टले बताउनुभयो ।
नगरप्रमुख विष्टले भन्नुभयो, “वडा नं २ को कार्यालयले जाडोयाममा कमजोर अवस्थाका स्थानीयवासीलाई सिरक वितरण गरेकामा धन्यवाद दिन्छु”, उहाँले भन्नुभयो, “रचनात्मक कार्यको निरन्तरता आवश्यक छ ।”
चार बैंकलाई भत्ताको जिम्मेवारी
त्यसैगरी भीमदत्त नगरपालिकाले सामाजिक सुरक्षाभत्ता वितरणका लागि यहाँका चार बैंकलाई जिम्मेवारी दिएको छ । स्थानीय तह निर्वाचनपछि वडा कार्यालयबाट सामाजिक सुरक्षाभत्ता वितरण शुरु गरिएको हो । भीमदत्त नगरपालिकाले गत वर्षदेखि वडा कार्यालयबाट भत्ता वितरण शुरु गरेको थियो ।
नगरप्रमुख विष्टले स्थानीय तह निर्वाचनमा सामाजिक सुरक्षाभत्ता वडा कार्यालयबाट वितरण गरिएको बताउनुभयो । “बैंकबाट वितरण हुँदा वृद्धवृद्धाले सास्ती खेप्नुपरेको थियो ।” उहाँले भन्नुभयो, “अहिले घरआँगनकै वडा कार्यालयबाट वितरण हुँदा सहजता थपिएको छ ।”
भीमदत्त नगरपालिकामा कञ्चन बैंकले सबैभन्दा बढी वडामा भत्ता वितरणको जिम्मा लिएको छ । कञ्चनपछि कुमारी बंैकले बढी बडामा भत्ता वितरणको जिम्मा लिएको छ । कञ्चन बैंकले वडा नं २, ३, ६, ७, ८, ९, १०,१५, १६, १७ र १९ वडामा भत्ता वितरणको जिम्मा लिएको छ ।
यसैगरी वडा नं ५, ११, १२, १३, १४ मा कुमारी बैंकले भत्ता वितरणको जिम्मा लिर्दैै आएको छ । वडा नं १ र ४ प्रभु बैंैक तथा वडा नं १८ मा एनससीसी बैंकले भत्ता वितरणको जिम्मेवारी दिएको नगरपालिकाले जनाएको छ ।
चालु आर्थिक वर्षका लागि सामाजिक सुरक्षाभत्तामा रु १८ करोड बजेट विनियोजन गरिएको छ । ज्येष्ठ नागरिक, दलित, दलित बालबालिका, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख राउटे, राजी समुदाय, एकल महिलालाई सामाजिक सुरक्षाभत्ता दिने गरिएको छ । भीमदत्तमा १० हजार बढी बासिन्दाले सामाजिक सुरक्षाभत्ता पाउँदै आएका छन् ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












