उमेर नपुगी विवाह गर्ने विद्यालय छाड्न बाध्य
काठमाडौँ । उमेर नपुगी विवाह गर्ने छात्राले विद्यालय छाड्न बाध्य हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्रमा बृहत् यौनिकता शिक्षाको महत्वसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तन नेपाल (लुम)नामक गैरसरकारी संस्थाले अझै पनि विद्यालय नजाने तथा अनौपचारिक क्षेत्रमा काम गर्ने बालबालिकाको सङ्ख्या अत्यधिक रहेकाले पाठ्यक्रममा मात्र समावेश गरेर होइन, घर परिवारबाटै यौनिक शिक्षा प्रारम्भ गर्न आवश्यक रहेको सुझाव दिएको छ । सो संस्थाले घर र समाजबाटै त्यस्तो शिक्षाको खाँचो आँैल्याएको हो ।
विद्यालय तहमा यौनिक शिक्षालाई थप प्रभावकारी तुल्याउँदै समाजलाई पनि सजग तुल्याउन सचेत हुनुपर्ने उक्त संस्थाका अध्यक्ष ज्योत्सना लुमले बताउनुभयो । “यौनिकता भनेको यौन सम्पर्क मात्र नभएर यौन अवस्थामा ध्यान दिनुपर्ने विविध खाले स्वास्थ्यसम्बन्धी शैक्षिक ज्ञान हो भन्ने कुरा समाजलाई बुझाउन आवश्यक छ,” उहाँले भन्नुभयो । यौनिकता शिक्षाबाट उमेर नपुग्दै हुने बाल विवाहको रोकथाम, महिला हिंसाविरुद्ध सचेतना र असुरक्षित गर्भपतन नियन्त्रण गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।
अध्यक्ष लुमले समाजमा भइरहेको विभिन्न खाले घटनाले यौनिकता शिक्षा विद्यालयको पाठ्यक्रममा मात्र समावेश गरेर नहुने बताउनुभयो । “घरपरिवार र समाजबाटै शिक्षा आरम्भ गर्नुपर्छ,” उहाँले भन्नुभयो । अझै पनि ग्रामीण भेगमा ४० प्रतिशत महिलाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथा उमेर नपुग्दै विवाह नहुने बालिका छ जनामध्ये एक जना शारीरिक हिंसाको शिकार हुने गरेको तथ्याङ्क सो अवसरमा प्रस्तुत गरियो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक बद्री पौडेलले सुसभ्य समाज निर्माणका लागि महिलालाई सचेत, सकारात्मक, समावेश, स्वावलम्बन, सक्रिय, सशक्त, समान, शिक्षित, स्वतन्त्र र सबल तुल्याउन आवश्यक रहेको धारणा प्रस्तुत गर्नुभयो । यौनिक शिक्षाको अभावमा कार्यक्रममा अपाङ्गता भएका बालबालिका तथा महिलालाई सामान्यभन्दा तीन गुणा बढी सकस ब्यहोर्नु परेको दृष्टान्त सो अवसरमा प्रस्तुत गरियो । उमेर नपुगी विवाह गर्नेमध्ये ३५ प्रतिशत बालिकाले विद्यालय छाड््ने गरेको प्रतिवेदनमा उल्लेख छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












