उमेर नपुगी विवाह गर्ने विद्यालय छाड्न बाध्य
काठमाडौँ । उमेर नपुगी विवाह गर्ने छात्राले विद्यालय छाड्न बाध्य हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्रमा बृहत् यौनिकता शिक्षाको महत्वसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तन नेपाल (लुम)नामक गैरसरकारी संस्थाले अझै पनि विद्यालय नजाने तथा अनौपचारिक क्षेत्रमा काम गर्ने बालबालिकाको सङ्ख्या अत्यधिक रहेकाले पाठ्यक्रममा मात्र समावेश गरेर होइन, घर परिवारबाटै यौनिक शिक्षा प्रारम्भ गर्न आवश्यक रहेको सुझाव दिएको छ । सो संस्थाले घर र समाजबाटै त्यस्तो शिक्षाको खाँचो आँैल्याएको हो ।
विद्यालय तहमा यौनिक शिक्षालाई थप प्रभावकारी तुल्याउँदै समाजलाई पनि सजग तुल्याउन सचेत हुनुपर्ने उक्त संस्थाका अध्यक्ष ज्योत्सना लुमले बताउनुभयो । “यौनिकता भनेको यौन सम्पर्क मात्र नभएर यौन अवस्थामा ध्यान दिनुपर्ने विविध खाले स्वास्थ्यसम्बन्धी शैक्षिक ज्ञान हो भन्ने कुरा समाजलाई बुझाउन आवश्यक छ,” उहाँले भन्नुभयो । यौनिकता शिक्षाबाट उमेर नपुग्दै हुने बाल विवाहको रोकथाम, महिला हिंसाविरुद्ध सचेतना र असुरक्षित गर्भपतन नियन्त्रण गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।
अध्यक्ष लुमले समाजमा भइरहेको विभिन्न खाले घटनाले यौनिकता शिक्षा विद्यालयको पाठ्यक्रममा मात्र समावेश गरेर नहुने बताउनुभयो । “घरपरिवार र समाजबाटै शिक्षा आरम्भ गर्नुपर्छ,” उहाँले भन्नुभयो । अझै पनि ग्रामीण भेगमा ४० प्रतिशत महिलाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथा उमेर नपुग्दै विवाह नहुने बालिका छ जनामध्ये एक जना शारीरिक हिंसाको शिकार हुने गरेको तथ्याङ्क सो अवसरमा प्रस्तुत गरियो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक बद्री पौडेलले सुसभ्य समाज निर्माणका लागि महिलालाई सचेत, सकारात्मक, समावेश, स्वावलम्बन, सक्रिय, सशक्त, समान, शिक्षित, स्वतन्त्र र सबल तुल्याउन आवश्यक रहेको धारणा प्रस्तुत गर्नुभयो । यौनिक शिक्षाको अभावमा कार्यक्रममा अपाङ्गता भएका बालबालिका तथा महिलालाई सामान्यभन्दा तीन गुणा बढी सकस ब्यहोर्नु परेको दृष्टान्त सो अवसरमा प्रस्तुत गरियो । उमेर नपुगी विवाह गर्नेमध्ये ३५ प्रतिशत बालिकाले विद्यालय छाड््ने गरेको प्रतिवेदनमा उल्लेख छ ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












