दाङ दुर्घटनामा मृतक २२ मध्ये ५ को सनाखत २ शिक्षक र विद्यार्थी, चालक र अर्का एक सहयोगी
दाङ । दाङमा शुक्रवार दिउँसो भएको बस दुर्घटनामा परि मृत्यु भएका २२ मध्ये ५ जनाको सनाखत भएको छ।एक जना विद्यार्थी, दुई जना शिक्षक, एक जना पहिचान स्पष्ट खुल्न नसकेका व्यक्ति र बसका चालकको यो खवर तयार पार्दा सम्म सनाखद भएको हो।
दुर्घटनामा परि दाङको घोराही उपमहानगरपालिका वडा नं। १७ स्थित गैरागाउँमा सञ्चालनमा रहेको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अध्यनरत घोराही उपमहानगरपालिका(१४ का विद्यार्थी १७ वर्षीय बिजय जीएम, उक्त शिक्षालयका शिक्षकहरू घोराही उपमहानगरपालिका( १७ का २८ वर्षीय प्रदिप घिमिरे र पूर्वी रूकुमको भूमे गाउँपालिका वडा नं ६ निवासी २८ वर्षीय नरेश वलीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डिएसपी प्रेमहादुर शाहीले जानकारी दिए।
त्यस्तै दुर्घटनामा परि बस चालक घोराही उपमहानगरपालिका(३ निवासी ३२ वर्षीय मदन केसीको पनि मृत्यु भएको ईप्रका तुलसीपुरका प्रमुख शाहीले जानकारी दिए।
त्यस्तै दाङको दंगिशरण गाउँपालिका निवासी ३० बर्षीय सञ्जित रत्गैयाको मृत्यु भएको भए पनि चौधरीको बारेमा थप जानकारी हुन नसकेको शाहीले सेतोपाटीलाई बताए।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डिएसपी शाहीले शनिबार बिहान ६ बजेसम्म पाँच जनाको मात्रै सनाखद हुन सकेको र अन्य १७ जना मृतकको सनाखद हुन बाँकी रहेको सेतोपाटीलाई जानकारी दिए। उनले सबैको सनाखद गर्न शनिबार दिनभर लाग्ने अनुमान गरे।
अन्य १७ जना मृतकको शव राप्ती अञ्चल अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ।
मृत्यु हुने चालकबाहेक सबै कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी रहेका प्रहरीले जानकारी दिएको छ।
२२ जना मृतकमध्ये ४ महिला र १८ पुरूष छन्। यो खबर तयार पार्दासम्म महिला कसैको पनि सनाखत हुन सकेको छैन ।
बसमा शिक्षालयका ३४ जना विद्यार्थी, २ जना शिक्षक र १ जना चालक गरि ३७ जना यात्रारत रहेको प्रहरीले जानकारी दिएको छ।
सल्यानको अवलोकन भ्रमणबाट आउँदै गरेको विद्यार्थी र शिक्षक सवार बा ४ ख ९७६६ नम्बरको बस शुक्रबार दिउँसो साढे ४ बजेरिर तुलसीपुर उपमहानगरपालिका वडा नं। ३ को राम्री र हर्नेटीको बिच जंगलमा दुर्घटनामा परेको थियो ।
त्यसमा परि २२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घटनास्थलमै २१ जनाको र एक जनाको राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
१५ जना घाइते मध्ये सबैलाई गए राति नै राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारको लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाका १५ जना घाइतेहरुको नाम र ठेगाना
उक्त बस दुर्घटनामा परि घाइते भएका १५ जना मध्ये १० जना पुरूष र ५ जना महिला छन्।
१० जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नं। १४ निवासी १८ वर्षीया छात्रा मिहाली हमाल
२० जुम्ला जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं। ३ निवासी १६ बर्षीय कुसेन्द्र खत्री
३० दाङको घोराही उपमहानगरपालिका वडा नं। १५ रतनपुर निवासी १७ बर्षीया समिक्षा रोकाया
४० अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं। १८ निवासी विक्रम भण्डारी
५० रुकुम जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं। ३ निवासी १६ बर्षीय प्रेमबहादुर खड्का
६० दाङको घोराही उपमहानगरपालिका वडा नं। १९ स्यूजा निवासी १७ बर्षीया मुनुका रिजाल
७० जुम्ला जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं। २ निवासी १७ बर्षीय जीवन भण्डारी
८० जुम्लाको जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं। ४ निवासी १६ बर्षीया पर्शा रोकाया
९० अछाम जिल्लाको मंगलसेन नगरपालिका निवासी १९ बर्षीय युवराज ढुँगाना
१०० रुकुम जिल्लाको सानोभेरी गाउँपालिका वडा नं। ३ निवासी १६ बर्षीया रोजिना पुन
११० दाङको घोराही उपमहानगरपालिका वडा नं। १४ निवासी १८ बर्षीय संजय खनाल
१२० रुकुम जिल्लाको अर्मा निवासी १९ बर्षीय राजन डाँगी
१३० अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं। ५ निवासी १६ बर्षीय भद्र विष्ट
१४० रोल्पा जिल्ला निवासी १७ बर्षीय प्रकाश वली
१५० नाम थर नखुलेको अन्दाजी १६र१७ बर्षीय पुरुष व्यक्ति घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
दाङको घोराही उपमहानगरपालिका वडा नं। १७ स्थित गैरागाउँमा सञ्चालनमा रहेको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक शुक्रवार विहान ७ बजे अध्यन भ्रमणको लागि सल्यान गएका थिए।
वन विज्ञानमा अध्ययनरत विद्यार्थीहरु जुलोजी र बोटानीका शिक्षकसहित फिल्ड भ्रमणका लागि शुक्रवार गएर फर्कदै गर्दा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।
यही वर्षदेखि सञ्चालनमा आएको बहुप्राविधिक शिक्षालयका विद्यार्थीको प्रयोगात्मक कक्षाको लागि नमस्ते राप्ती प्रालिको बस भाडामा विद्यालयले लगेको थियो ।
झन्डै ७ सय मिटर तल खसको बस क्षतविक्षत अवस्थामा फेला परेको छ। दाङ जिल्ला प्रहरी प्रमुख एवम् एसपी बेलबहादुर पाण्डेले तीव्र गतिका कारण बस दुर्घटना भएको हुन सक्ने आशंका गरे। ‘आफ्ना लेन तिर भित्ता छ, तर बस पश्चिम तर्फको लेनबाट सोझै भीरबाट झरेको देखिन्छ,’ एसपी पाण्डेले भने।
उक्त स्थानमा मोड समेत भएको हुँदा तीव्र गतिको गाडी चालकले मोड्न नसक्दा दुर्घटना भएको प्रहरीले आशंका गरेको छ।
यसैबीच सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल यादव सुवेदीले घाइतेको उपचारको लागि लाग्ने सम्पूर्ण खर्च सिटिईभिटिले बेहोर्ने जानकारी दिएका छन्।
चार जना गम्भीर घाइतेलाई थप उपचारको लागि हेलिकोप्टर मार्फत काठमाडौं लैजाने बारे छलफल चरिलहेको प्रहरीले जानकारी दिएको छ।
प्रिन्सिपल सुवेदीले सल्यानको कपुरकोट घर भएको एक जना विद्यार्थी चुडामणि वली भने सल्यानमै झरेको जानकारी दिए। उनका अनुसार बसमा जम्मा ३१ विद्यार्थी र २ शिक्षक विद्यालयबाट अवलोकन भ्रमणका लागि गएका थिए।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












