दाङ दुर्घटनामा मृतक २२ मध्ये ५ को सनाखत २ शिक्षक र विद्यार्थी, चालक र अर्का एक सहयोगी
दाङ । दाङमा शुक्रवार दिउँसो भएको बस दुर्घटनामा परि मृत्यु भएका २२ मध्ये ५ जनाको सनाखत भएको छ।एक जना विद्यार्थी, दुई जना शिक्षक, एक जना पहिचान स्पष्ट खुल्न नसकेका व्यक्ति र बसका चालकको यो खवर तयार पार्दा सम्म सनाखद भएको हो।
दुर्घटनामा परि दाङको घोराही उपमहानगरपालिका वडा नं। १७ स्थित गैरागाउँमा सञ्चालनमा रहेको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अध्यनरत घोराही उपमहानगरपालिका(१४ का विद्यार्थी १७ वर्षीय बिजय जीएम, उक्त शिक्षालयका शिक्षकहरू घोराही उपमहानगरपालिका( १७ का २८ वर्षीय प्रदिप घिमिरे र पूर्वी रूकुमको भूमे गाउँपालिका वडा नं ६ निवासी २८ वर्षीय नरेश वलीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डिएसपी प्रेमहादुर शाहीले जानकारी दिए।
त्यस्तै दुर्घटनामा परि बस चालक घोराही उपमहानगरपालिका(३ निवासी ३२ वर्षीय मदन केसीको पनि मृत्यु भएको ईप्रका तुलसीपुरका प्रमुख शाहीले जानकारी दिए।
त्यस्तै दाङको दंगिशरण गाउँपालिका निवासी ३० बर्षीय सञ्जित रत्गैयाको मृत्यु भएको भए पनि चौधरीको बारेमा थप जानकारी हुन नसकेको शाहीले सेतोपाटीलाई बताए।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डिएसपी शाहीले शनिबार बिहान ६ बजेसम्म पाँच जनाको मात्रै सनाखद हुन सकेको र अन्य १७ जना मृतकको सनाखद हुन बाँकी रहेको सेतोपाटीलाई जानकारी दिए। उनले सबैको सनाखद गर्न शनिबार दिनभर लाग्ने अनुमान गरे।
अन्य १७ जना मृतकको शव राप्ती अञ्चल अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ।
मृत्यु हुने चालकबाहेक सबै कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी रहेका प्रहरीले जानकारी दिएको छ।
२२ जना मृतकमध्ये ४ महिला र १८ पुरूष छन्। यो खबर तयार पार्दासम्म महिला कसैको पनि सनाखत हुन सकेको छैन ।
बसमा शिक्षालयका ३४ जना विद्यार्थी, २ जना शिक्षक र १ जना चालक गरि ३७ जना यात्रारत रहेको प्रहरीले जानकारी दिएको छ।
सल्यानको अवलोकन भ्रमणबाट आउँदै गरेको विद्यार्थी र शिक्षक सवार बा ४ ख ९७६६ नम्बरको बस शुक्रबार दिउँसो साढे ४ बजेरिर तुलसीपुर उपमहानगरपालिका वडा नं। ३ को राम्री र हर्नेटीको बिच जंगलमा दुर्घटनामा परेको थियो ।
त्यसमा परि २२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घटनास्थलमै २१ जनाको र एक जनाको राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
१५ जना घाइते मध्ये सबैलाई गए राति नै राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारको लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाका १५ जना घाइतेहरुको नाम र ठेगाना
उक्त बस दुर्घटनामा परि घाइते भएका १५ जना मध्ये १० जना पुरूष र ५ जना महिला छन्।
१० जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नं। १४ निवासी १८ वर्षीया छात्रा मिहाली हमाल
२० जुम्ला जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं। ३ निवासी १६ बर्षीय कुसेन्द्र खत्री
३० दाङको घोराही उपमहानगरपालिका वडा नं। १५ रतनपुर निवासी १७ बर्षीया समिक्षा रोकाया
४० अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं। १८ निवासी विक्रम भण्डारी
५० रुकुम जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं। ३ निवासी १६ बर्षीय प्रेमबहादुर खड्का
६० दाङको घोराही उपमहानगरपालिका वडा नं। १९ स्यूजा निवासी १७ बर्षीया मुनुका रिजाल
७० जुम्ला जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं। २ निवासी १७ बर्षीय जीवन भण्डारी
८० जुम्लाको जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं। ४ निवासी १६ बर्षीया पर्शा रोकाया
९० अछाम जिल्लाको मंगलसेन नगरपालिका निवासी १९ बर्षीय युवराज ढुँगाना
१०० रुकुम जिल्लाको सानोभेरी गाउँपालिका वडा नं। ३ निवासी १६ बर्षीया रोजिना पुन
११० दाङको घोराही उपमहानगरपालिका वडा नं। १४ निवासी १८ बर्षीय संजय खनाल
१२० रुकुम जिल्लाको अर्मा निवासी १९ बर्षीय राजन डाँगी
१३० अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं। ५ निवासी १६ बर्षीय भद्र विष्ट
१४० रोल्पा जिल्ला निवासी १७ बर्षीय प्रकाश वली
१५० नाम थर नखुलेको अन्दाजी १६र१७ बर्षीय पुरुष व्यक्ति घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
दाङको घोराही उपमहानगरपालिका वडा नं। १७ स्थित गैरागाउँमा सञ्चालनमा रहेको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक शुक्रवार विहान ७ बजे अध्यन भ्रमणको लागि सल्यान गएका थिए।
वन विज्ञानमा अध्ययनरत विद्यार्थीहरु जुलोजी र बोटानीका शिक्षकसहित फिल्ड भ्रमणका लागि शुक्रवार गएर फर्कदै गर्दा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।
यही वर्षदेखि सञ्चालनमा आएको बहुप्राविधिक शिक्षालयका विद्यार्थीको प्रयोगात्मक कक्षाको लागि नमस्ते राप्ती प्रालिको बस भाडामा विद्यालयले लगेको थियो ।
झन्डै ७ सय मिटर तल खसको बस क्षतविक्षत अवस्थामा फेला परेको छ। दाङ जिल्ला प्रहरी प्रमुख एवम् एसपी बेलबहादुर पाण्डेले तीव्र गतिका कारण बस दुर्घटना भएको हुन सक्ने आशंका गरे। ‘आफ्ना लेन तिर भित्ता छ, तर बस पश्चिम तर्फको लेनबाट सोझै भीरबाट झरेको देखिन्छ,’ एसपी पाण्डेले भने।
उक्त स्थानमा मोड समेत भएको हुँदा तीव्र गतिको गाडी चालकले मोड्न नसक्दा दुर्घटना भएको प्रहरीले आशंका गरेको छ।
यसैबीच सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल यादव सुवेदीले घाइतेको उपचारको लागि लाग्ने सम्पूर्ण खर्च सिटिईभिटिले बेहोर्ने जानकारी दिएका छन्।
चार जना गम्भीर घाइतेलाई थप उपचारको लागि हेलिकोप्टर मार्फत काठमाडौं लैजाने बारे छलफल चरिलहेको प्रहरीले जानकारी दिएको छ।
प्रिन्सिपल सुवेदीले सल्यानको कपुरकोट घर भएको एक जना विद्यार्थी चुडामणि वली भने सल्यानमै झरेको जानकारी दिए। उनका अनुसार बसमा जम्मा ३१ विद्यार्थी र २ शिक्षक विद्यालयबाट अवलोकन भ्रमणका लागि गएका थिए।
Comments
अरु समाचार
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...
-
पश्चिमी प्रभावले देशका विभिन्न भागमा वर्षा हुने
काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा...












