रेडियो कर्णाली आवाजमाथि आक्रमण, पत्रकार महासंघद्वारा घटनाको भत्सना
हुम्ला । सिमकोटमा रहेको रेडियो कर्णाली आवाजमाथि मदिरा सेवन गरेको एक अज्ञात समूहले आक्रम गरेको छ । प्रसारणमा रहेको रेडियो शुक्रबार राती ९ बजेको समयमा आक्रमण भएपछि रेडियो प्रसारण अनिश्चित कालका लागि बन्द भएको रेडियो प्रशासनले जनाएको छ ।
हुम्ला सदरमुकाम सिमकोट माथिल्ला बजारको सूचनाटोलमा रहेको रेडियोलाई शुक्रबार राती ९ बजेको समयमा अत्याधिक मदिरा सेवन गरेर सिमकोटमै वासोवास गर्दै आएका सिमकोट गाउँपालिका १ ठेहे निवासी उज्वल भनिने बाँच बहादुर भण्डारी नेतृत्वको एक जत्थाले आकस्मिक रेडियोको समाचार कक्षमा प्रवेश गरेको रेडियोका मुख्य प्राविधिक समेत रहेका नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहराले बताए ।
“नयाँपत्रिका दैनिकका हुम्ला समाचारदाता नरजङ्ग तामाङ्ग र म राती साढे ९ बजेको समाचार वुलेटिन तयार पारिरहेका थियौ ।” प्राविधिक बोहराले भने, ‘समाचार तयार पार्ने अचानक मात्तिएर आएका भण्डारीले हामीलाई अपशब्द बोल्दै हात समातेर कोठमा बाहिर फ्याँक्दै समाचार कक्षका सबै सामाग्री तोडफोड गरे ।’
उनका अनुशार रेडियो समाचार कक्षमा रहेका २ वटा ल्यापटप, १ वटा डेक्सटप कम्प्युटर, १ प्रीन्टर, १ फोटोकपी मेसिन र कुर्चि, टेवल सबै तोडफोड भएका छन् । समाचार कक्षका सबै सामान तोडफोड गरेर प्राविधिक कक्षमा प्रवेश गर्न लागेका उनलाई प्राविधिक कक्षमा प्रवेश गर्न रोक लगाउँदा रेडियोका समाचार सहायक दाने बोहराको देव्रे हातमा चोट लागेको छ ।
निकै अपशब्द बोलेर रेडियो प्रति पुरै ध्वस्त पार्ने भन्दै गएका भण्डारीलाई रेडियोको प्राविधिक कक्ष र स्टुडियोमा प्रवेश गर्न नदिएको समाचार सहायक दाने बोहराले बताए । रेडियोमा काम गर्ने रेडियोकर्मी र रेडियो प्रति निकै आक्रामक बनेको भण्डारी किन त्यसरी रेडियो तोडफोड गर्न पुगे भन्ने बारेमा एकिन नभएको रेडियोले जनाएको छ ।
सामान्य अवस्थामा आप्mनो प्रसारण गरिरहेको सामाुदायिक रेडियोमा भएको आक्रमण पछि राती १० बजेपछि प्रसाराण बन्द हुने रेडियो ९ बजेदेखि नै अनिश्चितकालका लागि बन्द भएको रेडियोका स्टेशन म्यानेजर नवराज महताराले बताए ।उनका अनुशार रेडियोमाथि आक्रमण गर्ने भण्डारीलाई हुम्ला जिल्ला प्रहरीले नियन्त्रणमा लिएको छ ।
रातीको समयमा प्रसारणमा रहेको रेडियो र आप्mनै सुरमा समाचार लेखन तथा कार्यक्रम उत्पादनमा लागेका रेडियोकर्मी माथिको सांघातिक आक्रमण सिंगो सञ्चार जगत र आम नागरिकमाथि भएको ठहर गरेको रेडियो प्रशासनले रेडियोमा आक्रमण गर्ने भण्डारी र त्यस कार्यमा संलग्न दोषीलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही गरी घाइते पत्रकारको निशुल्क उपचार, रेडियोमा भएको भौतिक क्षतीको क्षतीपुर्ति भराई रेडियोको नियमित प्रसारण हुने अवस्थाको सृजना गर्न सरकारसँग माग गरेको छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












