रेडियो कर्णाली आवाजमाथि आक्रमण, पत्रकार महासंघद्वारा घटनाको भत्सना
हुम्ला । सिमकोटमा रहेको रेडियो कर्णाली आवाजमाथि मदिरा सेवन गरेको एक अज्ञात समूहले आक्रम गरेको छ । प्रसारणमा रहेको रेडियो शुक्रबार राती ९ बजेको समयमा आक्रमण भएपछि रेडियो प्रसारण अनिश्चित कालका लागि बन्द भएको रेडियो प्रशासनले जनाएको छ ।
हुम्ला सदरमुकाम सिमकोट माथिल्ला बजारको सूचनाटोलमा रहेको रेडियोलाई शुक्रबार राती ९ बजेको समयमा अत्याधिक मदिरा सेवन गरेर सिमकोटमै वासोवास गर्दै आएका सिमकोट गाउँपालिका १ ठेहे निवासी उज्वल भनिने बाँच बहादुर भण्डारी नेतृत्वको एक जत्थाले आकस्मिक रेडियोको समाचार कक्षमा प्रवेश गरेको रेडियोका मुख्य प्राविधिक समेत रहेका नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहराले बताए ।
“नयाँपत्रिका दैनिकका हुम्ला समाचारदाता नरजङ्ग तामाङ्ग र म राती साढे ९ बजेको समाचार वुलेटिन तयार पारिरहेका थियौ ।” प्राविधिक बोहराले भने, ‘समाचार तयार पार्ने अचानक मात्तिएर आएका भण्डारीले हामीलाई अपशब्द बोल्दै हात समातेर कोठमा बाहिर फ्याँक्दै समाचार कक्षका सबै सामाग्री तोडफोड गरे ।’
उनका अनुशार रेडियो समाचार कक्षमा रहेका २ वटा ल्यापटप, १ वटा डेक्सटप कम्प्युटर, १ प्रीन्टर, १ फोटोकपी मेसिन र कुर्चि, टेवल सबै तोडफोड भएका छन् । समाचार कक्षका सबै सामान तोडफोड गरेर प्राविधिक कक्षमा प्रवेश गर्न लागेका उनलाई प्राविधिक कक्षमा प्रवेश गर्न रोक लगाउँदा रेडियोका समाचार सहायक दाने बोहराको देव्रे हातमा चोट लागेको छ ।
निकै अपशब्द बोलेर रेडियो प्रति पुरै ध्वस्त पार्ने भन्दै गएका भण्डारीलाई रेडियोको प्राविधिक कक्ष र स्टुडियोमा प्रवेश गर्न नदिएको समाचार सहायक दाने बोहराले बताए । रेडियोमा काम गर्ने रेडियोकर्मी र रेडियो प्रति निकै आक्रामक बनेको भण्डारी किन त्यसरी रेडियो तोडफोड गर्न पुगे भन्ने बारेमा एकिन नभएको रेडियोले जनाएको छ ।
सामान्य अवस्थामा आप्mनो प्रसारण गरिरहेको सामाुदायिक रेडियोमा भएको आक्रमण पछि राती १० बजेपछि प्रसाराण बन्द हुने रेडियो ९ बजेदेखि नै अनिश्चितकालका लागि बन्द भएको रेडियोका स्टेशन म्यानेजर नवराज महताराले बताए ।उनका अनुशार रेडियोमाथि आक्रमण गर्ने भण्डारीलाई हुम्ला जिल्ला प्रहरीले नियन्त्रणमा लिएको छ ।
रातीको समयमा प्रसारणमा रहेको रेडियो र आप्mनै सुरमा समाचार लेखन तथा कार्यक्रम उत्पादनमा लागेका रेडियोकर्मी माथिको सांघातिक आक्रमण सिंगो सञ्चार जगत र आम नागरिकमाथि भएको ठहर गरेको रेडियो प्रशासनले रेडियोमा आक्रमण गर्ने भण्डारी र त्यस कार्यमा संलग्न दोषीलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही गरी घाइते पत्रकारको निशुल्क उपचार, रेडियोमा भएको भौतिक क्षतीको क्षतीपुर्ति भराई रेडियोको नियमित प्रसारण हुने अवस्थाको सृजना गर्न सरकारसँग माग गरेको छ ।
Comments
अरु समाचार
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...
-
पश्चिमी प्रभावले देशका विभिन्न भागमा वर्षा हुने
काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा...












