जमीनमुनि लुकाइएको लागुऔषध बरामद
गलकोट। बागलुङ जिल्ला प्रहरी कार्यालयले ठूलो मात्रमा लागुऔषध बरामद गर्न सफल भएको छ ।बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित विजय खाजाघरका सञ्चालिका बागलुङ नगरपालिका–१३ पैयुँपाटा निवासी ४३ वर्षीया शान्तिदेवी कुँवरको खाजाघर पछाडिको खाली जमीनमुनि लुकाइछिपाइ राखेको स्थानमा बुधबार दिउसो उत्खनन् गर्दा प्लाष्टिकको बोरामा प्लाष्टिककै डिब्बाभित्र दुई मिलीग्रामका डाइजेपाम १०५, फेनार्गन १०५ र नुर्फिन १०५ एम्पुल बरामद गरिएको थियोे ।
उक्त कार्यालयका अनुसार उपल्लाचौरस्थित नेपाली सेनाको २३ नं बाहिनी अड्डा नजिकै खाजाघर सञ्चालन गरी बस्ने कुँवरले खाजाघरमा अवैध लागुऔषध लुकाइछिपाइ राखी बिक्री वितरण गर्ने गरेकामा तत्काल पैसा तिर्न नसक्ने लागुऔषध प्रयोगकर्ताको मोबाइल, ल्यापटपलगायत सामग्री समेत धितो लिने गरेको अनुसन्धानबाट पत्ता लागेको थियो ।
कुँवरलाई पुस १४ गते प्रहरीले नियन्त्रणमा लिएर खाजाघर खानतलासी गर्दा माथिल्लो तलामा लुकाइछिपाइ राखेको अवस्थामा दुई एमएल लेखिएको डाइजेपाम, फेनार्गन र नुर्फिन दुई÷दुई एम्पुल र लागुऔषध प्रयोगकर्ताले धितो राखेका सामसुङ मोबाइल ५ थान, कलर्स मोबाइल चारथान, नोकिया मोबाइल एक थान, डाइमण्ड मोबाइल एक थान, सोलारपावर बैँक एक थान, आइफोन एक थान, इण्टेल लेखिएको ट्याब एक थान, एसर ल्यापटप एक थानसमेत बरामद गरी थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक दीपक रेग्मीले बताउनुभयो ।
सीसी क्यामरा जडान
गाउँपालिकाले जनतालाई प्रदान गर्ने सेवासुविधा चुस्त बनाउन बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाको कार्यालयमा सीसी क्यामरा जडान गएिको छ । कर्मचारीले जनताको सेवालाई प्रभावकारी रूपमा प्रदान गरे÷नगरेको अवलोकन तथा गाउँपालिकामा हुनसक्ने अनियमित गतिविधि निस्तेज पार्न कार्यालयमा पाँच सीसी क्यामरा जडान गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले भन्नुभयो, “यहाँ आउने जनतालाई महसुस हुनेगरी काम गर्न आवश्यक ठानेर र कर्मचारीबाट प्रदान गरिने सेवा चुस्त र दुरुस्त पार्न सीसी क्यामरा जडान गरेका हौँ ।”
जिल्लाका छ गाउँपालिका तथा चार नगरपालिकामध्ये सूचना प्रविधिको हिसाबले उक्त गाउँपालिका अगाडि छ । “गाउँपालिकाले जनताको गुनासो सुन्न मोबाइल एप्स तथा योजना तथा कार्यक्रम सार्वजनिक गर्न वेवसाइटको प्रयोग गर्दै आइरहेकामा यसलाई थप सूचना तथा प्रविधिमैत्री बनाउँदै लाने क्रममा सीसी क्यामरा पनि जडान गरिएको हो”, प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विश्वकर्माले भन्नुभयो।
सीसी क्यामरा जडान गरिएपछि जनताले पाउने सेवासुविधा प्रभावकारी भएको सेवाग्राहीले बताएका छन् । गाउँपालिकामा कर्मचारीहरुलाई व्यवस्थित गर्नका लागि ई–हाजिरीसमेत सञ्चालनमा ल्याइएपछि कार्यालय समयभन्दा ढिलो कार्यालय आउने कर्मचारी समयमै आउने र सेवाग्राहीलाई समयमै सेवाप्रदान गर्न सहज भएको गाउँपालिकाले जनाएको छ ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...












