स्वास्थ्य मन्त्रालयमा एचएहरुलाई प्रवेश निधेष
काठमाडौं । संघीयता अनुसारको नयाँ संगठन संरचनामा हेल्थ असिस्टेन्ट (एचए)लाई अन्याय गरेको भन्दै दवाव दिन स्वास्थ्य मन्त्रालय पुगेका एचएहरुलाई मन्त्रालय प्रवेश निषेध गरिएको छ।
मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले मन्त्रालय परिसरभित्र होहल्ला भएपछि प्रवेशमा रोक लगाइएको बताए । ‘मन्त्रालयभित्र धर्ना,जुलुस होहल्ला गर्न पाइएन नि,’ उनले भने ।
हेल्थ असिस्टेन्ट संघको नेपाल (हान)को अगुवाईमा मन्त्रालयमा धर्ना र घेराउ कार्यक्रम गर्न पुगेका एचहरुलाई प्रहरी परिचालन गरि मन्त्रालयभित्र प्रवेश निषेध गरिएको हानका केन्द्रिय सचिव दीर्घ बोगटीले बताए ।
उनले भने,‘आफ्नै मन्त्रालयको कर्मचारीहरुलाई प्रहरी परिचालन गरि प्रवेशमा रोक लगाइएको छ, हामी माइतीघर मण्डलामा बसेर दवाव दिइरहेका छौँ ।’ उनले मन्त्रालय उग्ररुपमा प्रस्तुत भए एचएहरु पनि आफ्नो हकअधिकारको लागि पछि नहट्ने बताए ।
मंगलबार पनि एचएहरुको दवाव कार्यक्रम चलिरहेकै समयमा अचानक प्रहरीले हस्तक्षेप गर्दा केहीबेर स्थिती तनावमय बनेको थियो । मन्त्रालय परिसरभित्र होहल्ला र धर्ना गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको थियो ।
एचएहरुले नयाँ संरचनामा शैक्षिक योग्यता र लोकसेवाको प्रक्रियाको आधारमा कर्मचारीको पद र जिम्मेवारी तोकिनुपर्नेमा केही व्यक्तिको स्वार्थमा बनाइएको संगठन संरचना खारेजीको माग गरेका छन्।
‘नयाँ संगठन संरचना विभेदकारी भएको भन्दै हामीले पटक पटक सुझावसहितको ज्ञापन पत्र बुझाएका थियौँ,’ संघका कार्यवहाक अध्यक्ष दिपेन्द्र खड्काले भने, ‘तर, हाम्रो माग सुनुवाई नभएपछि मन्त्रालय केन्द्रित आन्दोलन गरेका हौँ। यही आन्दोलनमा पनि प्रहरीले हस्तक्षेप गरेर हाम्रो आवाज दवाउने कोशिश भएको छ।’
प्रहरीले भने माथिको आदेश अनुसार नै प्रवेशमा रोक लगाइएको बताए ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












