स्वास्थ्य मन्त्रालयमा एचएहरुलाई प्रवेश निधेष
काठमाडौं । संघीयता अनुसारको नयाँ संगठन संरचनामा हेल्थ असिस्टेन्ट (एचए)लाई अन्याय गरेको भन्दै दवाव दिन स्वास्थ्य मन्त्रालय पुगेका एचएहरुलाई मन्त्रालय प्रवेश निषेध गरिएको छ।
मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले मन्त्रालय परिसरभित्र होहल्ला भएपछि प्रवेशमा रोक लगाइएको बताए । ‘मन्त्रालयभित्र धर्ना,जुलुस होहल्ला गर्न पाइएन नि,’ उनले भने ।
हेल्थ असिस्टेन्ट संघको नेपाल (हान)को अगुवाईमा मन्त्रालयमा धर्ना र घेराउ कार्यक्रम गर्न पुगेका एचहरुलाई प्रहरी परिचालन गरि मन्त्रालयभित्र प्रवेश निषेध गरिएको हानका केन्द्रिय सचिव दीर्घ बोगटीले बताए ।
उनले भने,‘आफ्नै मन्त्रालयको कर्मचारीहरुलाई प्रहरी परिचालन गरि प्रवेशमा रोक लगाइएको छ, हामी माइतीघर मण्डलामा बसेर दवाव दिइरहेका छौँ ।’ उनले मन्त्रालय उग्ररुपमा प्रस्तुत भए एचएहरु पनि आफ्नो हकअधिकारको लागि पछि नहट्ने बताए ।
मंगलबार पनि एचएहरुको दवाव कार्यक्रम चलिरहेकै समयमा अचानक प्रहरीले हस्तक्षेप गर्दा केहीबेर स्थिती तनावमय बनेको थियो । मन्त्रालय परिसरभित्र होहल्ला र धर्ना गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको थियो ।
एचएहरुले नयाँ संरचनामा शैक्षिक योग्यता र लोकसेवाको प्रक्रियाको आधारमा कर्मचारीको पद र जिम्मेवारी तोकिनुपर्नेमा केही व्यक्तिको स्वार्थमा बनाइएको संगठन संरचना खारेजीको माग गरेका छन्।
‘नयाँ संगठन संरचना विभेदकारी भएको भन्दै हामीले पटक पटक सुझावसहितको ज्ञापन पत्र बुझाएका थियौँ,’ संघका कार्यवहाक अध्यक्ष दिपेन्द्र खड्काले भने, ‘तर, हाम्रो माग सुनुवाई नभएपछि मन्त्रालय केन्द्रित आन्दोलन गरेका हौँ। यही आन्दोलनमा पनि प्रहरीले हस्तक्षेप गरेर हाम्रो आवाज दवाउने कोशिश भएको छ।’
प्रहरीले भने माथिको आदेश अनुसार नै प्रवेशमा रोक लगाइएको बताए ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












