कारागारमा क्षमताभन्दा बढी कैदी
पर्वत ।
कारागारमा क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी बस्न बाध्य छन् । ‘ङ’ श्रेणीमा सूचीकृत कारागारमा १५ पुरुष र १० महिला बन्दीको क्षमता भएपनि अहिले १०२ बन्दी छन् ।
कारागारका निमित्त प्रमुख प्रकाश पौडेलले कारागारभित्र उचित बस्ने व्यवस्थाको अभाव भएपछि आपसी समझदारीमा मिलाएर एकै कोठामा धेरैलाई राख्नुपरेको बताए । क्षमताभन्दा बढी भएकाले व्यवस्थापनमा निकै समस्या छ । जीर्ण संरचनाका कारण कैदी भाग्ने त्रास बढ्दै गएको उनले बताए । कैदीबन्दीले पटकपटक समस्याबारे कारागार प्रशासनलाई जानकारी गराउँदै आएका छन् ।
कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय र कारागार विभागलाई जानकारी गराउँदै आएको छ । “कैदीबन्दीका समस्याबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै आएका छौँ,” निमित्त जेलर पौडेलले भने, “समस्या समाधान भएको छैन ।” उनले अब हिउँद लागेकाले खानेपानीको समस्या देखिन थालेको, शौचालयको प्रर्याप्तता नभएको र सुत्नका लागि कैदीबन्दीलाई असहज भएको बताए ।
कारागारमा कैदीबन्दी बस्नका लागि तीन ब्लक छन् । तीनै ब्लकको ग्यालरीमा कैदीबन्दी बस्ने गरेका छन् । महिला बन्दीगृहको व्यवस्था नभएको पर्वत कारागारमा पुरुष कैदीबन्दीका लागि नै निर्माण भएको बन्दीगृहभित्र फरक–फरक ब्लक बनाएर राखिँदै आएको छ । एउटा ब्लक थप बनाउन रु २० लाख विनियोजन भएको उनले बताए ।
आर्थिक अभावमा महिला बन्दीगृह निर्माण हुनसकेको छैन । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कारागारको समस्याका बारेमा कारागार विभाग र गृह मन्त्रालयमा समेत पटक–पटक जानकारी गराएको बताए।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












