कारागारमा क्षमताभन्दा बढी कैदी
पर्वत ।
कारागारमा क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी बस्न बाध्य छन् । ‘ङ’ श्रेणीमा सूचीकृत कारागारमा १५ पुरुष र १० महिला बन्दीको क्षमता भएपनि अहिले १०२ बन्दी छन् ।
कारागारका निमित्त प्रमुख प्रकाश पौडेलले कारागारभित्र उचित बस्ने व्यवस्थाको अभाव भएपछि आपसी समझदारीमा मिलाएर एकै कोठामा धेरैलाई राख्नुपरेको बताए । क्षमताभन्दा बढी भएकाले व्यवस्थापनमा निकै समस्या छ । जीर्ण संरचनाका कारण कैदी भाग्ने त्रास बढ्दै गएको उनले बताए । कैदीबन्दीले पटकपटक समस्याबारे कारागार प्रशासनलाई जानकारी गराउँदै आएका छन् ।
कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय र कारागार विभागलाई जानकारी गराउँदै आएको छ । “कैदीबन्दीका समस्याबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै आएका छौँ,” निमित्त जेलर पौडेलले भने, “समस्या समाधान भएको छैन ।” उनले अब हिउँद लागेकाले खानेपानीको समस्या देखिन थालेको, शौचालयको प्रर्याप्तता नभएको र सुत्नका लागि कैदीबन्दीलाई असहज भएको बताए ।
कारागारमा कैदीबन्दी बस्नका लागि तीन ब्लक छन् । तीनै ब्लकको ग्यालरीमा कैदीबन्दी बस्ने गरेका छन् । महिला बन्दीगृहको व्यवस्था नभएको पर्वत कारागारमा पुरुष कैदीबन्दीका लागि नै निर्माण भएको बन्दीगृहभित्र फरक–फरक ब्लक बनाएर राखिँदै आएको छ । एउटा ब्लक थप बनाउन रु २० लाख विनियोजन भएको उनले बताए ।
आर्थिक अभावमा महिला बन्दीगृह निर्माण हुनसकेको छैन । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कारागारको समस्याका बारेमा कारागार विभाग र गृह मन्त्रालयमा समेत पटक–पटक जानकारी गराएको बताए।
Comments
अरु समाचार
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गयो, ५ जना घाइते
उदयपुर । उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । हावाहुरीले मृत्यु हुनेमा...
-
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...












