ठेकेदारले धेरै ठेक्का दिँदा झोलुङ्गे पुल निर्माणमा ढिलाइ
काठमाडौँ । ठेकेदारले एउटैै समयमा एकभन्दा बढी निर्माणको ठेक्का लिँदा अधिकांश झोलुङ्गे पुल ठेक्का सम्झौतामा तोकिएको अवधिमा पूरा हुन सकेका छैनन् ।
कुन ठेकेदारसँग कुन ठेक्काको काम पूरा हुन बाँकी छ भन्नेकुृरा थाहा नहुने सस्पेन्सन बृज डिभिजनले जनाएको छ । कुनै पनि झोलुङ्गे पुलको ठेक्का सम्झौता गर्दा त्यो ठेकेदार कम्पनीसँग दक्ष प्राविधिकलगायत जनशक्ति कति छन्, उपकरण कति छ र काम गर्नका लागि बैंकमा जम्मा गरेको रकम (सिड मनि) कति छ हेरेर मात्रै ठेक्का गर्ने गरिएको डिभिजनका इञ्जिनीयर हुमाकान्त मिश्रले बताए ।
एउटै ठेकेदारले त्यही जनशक्ति, ‘सिड मनि’ र उपकरण देखाएर धेरै ठाउँमा कामको ठेक्का लिने गरेको उल्लेख गर्दै उनले भने, “पुल, सडक, खानेपानीलगायत धेरै आयोजनाको ठेक्का लिएइको भए पनि हामीलाई ठेक्का दिनु पहिले जानकारी नै हुँदैन ।”
झोलुङ्गे पुल निर्माणमा ढिलाइका विभिन्न कारणमध्ये एउटै ठेकेदारको एकै समयमा धेरै ठेक्का हुनु नै रहेको र ठेकेदारले उपकरण र जनशक्ति अन्यत्र लैजाने गरेको जानकारी दिँदै इञ्जिनीयर मिश्रले एकपटक सम्बन्धित कार्यक्षेत्रबाट अर्को ठेक्का भएको ठाउँमा सामान र जनशक्ति लगेपछि फर्काउन समय लाग्छ भने ।
सडकको पहुँच अहिले नपुगेका र चाँडै पुग्ने सम्भावना कम भएका स्थानमा डिभिजनले झोलुङ्गे पुल निर्माण गर्दै आएको छ । यो वर्ष एकसय पुल निर्माण गर्ने योजना रहेको जनाइएको छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












