ठेकेदारले धेरै ठेक्का दिँदा झोलुङ्गे पुल निर्माणमा ढिलाइ
काठमाडौँ । ठेकेदारले एउटैै समयमा एकभन्दा बढी निर्माणको ठेक्का लिँदा अधिकांश झोलुङ्गे पुल ठेक्का सम्झौतामा तोकिएको अवधिमा पूरा हुन सकेका छैनन् ।
कुन ठेकेदारसँग कुन ठेक्काको काम पूरा हुन बाँकी छ भन्नेकुृरा थाहा नहुने सस्पेन्सन बृज डिभिजनले जनाएको छ । कुनै पनि झोलुङ्गे पुलको ठेक्का सम्झौता गर्दा त्यो ठेकेदार कम्पनीसँग दक्ष प्राविधिकलगायत जनशक्ति कति छन्, उपकरण कति छ र काम गर्नका लागि बैंकमा जम्मा गरेको रकम (सिड मनि) कति छ हेरेर मात्रै ठेक्का गर्ने गरिएको डिभिजनका इञ्जिनीयर हुमाकान्त मिश्रले बताए ।
एउटै ठेकेदारले त्यही जनशक्ति, ‘सिड मनि’ र उपकरण देखाएर धेरै ठाउँमा कामको ठेक्का लिने गरेको उल्लेख गर्दै उनले भने, “पुल, सडक, खानेपानीलगायत धेरै आयोजनाको ठेक्का लिएइको भए पनि हामीलाई ठेक्का दिनु पहिले जानकारी नै हुँदैन ।”
झोलुङ्गे पुल निर्माणमा ढिलाइका विभिन्न कारणमध्ये एउटै ठेकेदारको एकै समयमा धेरै ठेक्का हुनु नै रहेको र ठेकेदारले उपकरण र जनशक्ति अन्यत्र लैजाने गरेको जानकारी दिँदै इञ्जिनीयर मिश्रले एकपटक सम्बन्धित कार्यक्षेत्रबाट अर्को ठेक्का भएको ठाउँमा सामान र जनशक्ति लगेपछि फर्काउन समय लाग्छ भने ।
सडकको पहुँच अहिले नपुगेका र चाँडै पुग्ने सम्भावना कम भएका स्थानमा डिभिजनले झोलुङ्गे पुल निर्माण गर्दै आएको छ । यो वर्ष एकसय पुल निर्माण गर्ने योजना रहेको जनाइएको छ ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












