चौबिसै घण्टा आकस्मिक सेवा शुरु
कैलालीको गौरीगङ्गा नगरपालिकास्थित चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सै घण्टा आकस्मिक सेवा शुरु गरिएको छ ।
नगरवासीको मागलाई सम्बोधन गर्दै सर्वसाधारणले स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा पाउन् भन्ने उद्देश्यले सो आकस्मिक सेवा विस्तार गरिएको हो ।
चौमाला प्राथमिक स्वास्थ्य केन्द्रले अहिले भिडियो, एक्सरे, इसिजी, फार्मेसी, आकस्मिकलगायतका सेवा शुरु गरेको मेडिकल अधिकृत डा अश्विनी चौहानले जानकारी दिए । उनका अनुसार आगामी दिनमा शव परीक्षण सेवा, दन्त सेवा र सर्पदंश सेवा विस्तार गर्ने लक्ष्य लिइएको छ ।
सरकारको नीतिअनुसार हरेक स्थानीय तहमा एक अस्पताल हुनुपर्ने अवधारणाअनुसार सो केन्द्रलाई नै १५ श्ययाको अस्पतालका रूपमा विस्तार गर्ने सोच बनाइएको डा चौहानको भनाइ छ । आकस्मिक सेवामा एक डाक्टर, एक अहेब र एक कार्यालय सहयोगी राखिएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रले फार्मेसी र आकस्मिक सेवा आन्तरिक स्रोतबाटै गरेको छ । आकस्मिक सेवा सञ्चालनका लागि केन्द्रले पाँच लाख र फार्मेसीका लागि तीन लाख रुपैयाँ आन्तरिक स्रोतबाट खर्च गरिरहेको जनाइएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रलाई आर्थिक वर्ष २०७४÷७५ मा गौरीगङ्गा नगरपालिकाले एम्बुलेन्स खरीदका लागि रु ११ लाख विनियोजन गरेको नगर प्रमुख भीमबहादुर देउवाले बताए ।
केन्द्रले बिरामी पर्चा, स्वास्थ्य बीमा कार्यक्रम, एक्सरे सेवा, प्रयोगशाला, ओजीटीलगायतबाट वार्षिक झण्डै रु सात लाख आम्दानी गर्दै आएको छ । केन्द्रलाई गत आर्थिक वर्षमा सङ्घीय स्वास्थ्य मन्त्रालयले सेवा सुदृढीकरण शीर्षकमा रु तीन लाख उपलब्ध गराए पनि यस आर्थिक वर्षमा भने विनियोजन नगरेको जनाएको छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












