चौबिसै घण्टा आकस्मिक सेवा शुरु
कैलालीको गौरीगङ्गा नगरपालिकास्थित चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सै घण्टा आकस्मिक सेवा शुरु गरिएको छ ।
नगरवासीको मागलाई सम्बोधन गर्दै सर्वसाधारणले स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा पाउन् भन्ने उद्देश्यले सो आकस्मिक सेवा विस्तार गरिएको हो ।
चौमाला प्राथमिक स्वास्थ्य केन्द्रले अहिले भिडियो, एक्सरे, इसिजी, फार्मेसी, आकस्मिकलगायतका सेवा शुरु गरेको मेडिकल अधिकृत डा अश्विनी चौहानले जानकारी दिए । उनका अनुसार आगामी दिनमा शव परीक्षण सेवा, दन्त सेवा र सर्पदंश सेवा विस्तार गर्ने लक्ष्य लिइएको छ ।
सरकारको नीतिअनुसार हरेक स्थानीय तहमा एक अस्पताल हुनुपर्ने अवधारणाअनुसार सो केन्द्रलाई नै १५ श्ययाको अस्पतालका रूपमा विस्तार गर्ने सोच बनाइएको डा चौहानको भनाइ छ । आकस्मिक सेवामा एक डाक्टर, एक अहेब र एक कार्यालय सहयोगी राखिएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रले फार्मेसी र आकस्मिक सेवा आन्तरिक स्रोतबाटै गरेको छ । आकस्मिक सेवा सञ्चालनका लागि केन्द्रले पाँच लाख र फार्मेसीका लागि तीन लाख रुपैयाँ आन्तरिक स्रोतबाट खर्च गरिरहेको जनाइएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रलाई आर्थिक वर्ष २०७४÷७५ मा गौरीगङ्गा नगरपालिकाले एम्बुलेन्स खरीदका लागि रु ११ लाख विनियोजन गरेको नगर प्रमुख भीमबहादुर देउवाले बताए ।
केन्द्रले बिरामी पर्चा, स्वास्थ्य बीमा कार्यक्रम, एक्सरे सेवा, प्रयोगशाला, ओजीटीलगायतबाट वार्षिक झण्डै रु सात लाख आम्दानी गर्दै आएको छ । केन्द्रलाई गत आर्थिक वर्षमा सङ्घीय स्वास्थ्य मन्त्रालयले सेवा सुदृढीकरण शीर्षकमा रु तीन लाख उपलब्ध गराए पनि यस आर्थिक वर्षमा भने विनियोजन नगरेको जनाएको छ ।
Comments
अरु समाचार
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गयो, ५ जना घाइते
उदयपुर । उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । हावाहुरीले मृत्यु हुनेमा...
-
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...












