ताजा समाचार

भ्रष्टाचार अभियोगमा साढे दुई करोड धराैटी बुझाएर छुटे गोपाल खड्का

काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक साढे दुई करोड धराैटी बुझाएर छुटेका छन् ।

अख्तियार अनुसन्धान दुरुपयोग आयोगले निर्देशक गोपाल खड्का विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेपछि आज विशेष अदालतमा उनले २ करोड ५० लाख धराैटी रकम बुझाएपछि छेटेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले २ करोड ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो ।

खड्काको धरौटी रकमका लागि मंगलबार नै नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी बसेकाले उनी तारेखमा छुटेका छन् ।

अख्तियारले खड्काको आम्दानीको १८ करोड ६६ लाख रुपैयाँ स्रोत नखुलेको उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

त्यसपछि विशेष अदालतले उनलाई हाजिर हुन आउन म्याद पठाएको थियो । विशेषले म्याद पठाएको ३० औं दिनमा खड्का हाजिर हुन आएका विशेष अदालतका रजिस्टार भीम श्रेष्ठले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org