सामाजिक सञ्जाल व्यवस्थित गर्न खोजिएको छ : मन्त्री बाँस्कोटा
काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा ‘सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।
विधेयक प्रस्तुत गर्दै उनले सरकारले सामाजिक सञ्जाललाई थप व्यवस्थित र समायनुकू ल बनाउन खोजिएको स्पष्ट पारे । मन्त्री बाँस्कोटाले डिजिटल नेपाल बनाउने अभियानमा सरकार अगाडि बढेको सन्दर्भमा साइबर सुरक्षाका विषयलाई ध्यानमा राखी ‘सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५’ ल्याउनुपरेको बताए ।
नेपालमा भएका अभ्यास र प्रयोगका आधारमा सामाजिक सञ्जालको प्रयोगलाई थप व्यवस्थित र मर्यादित बनाउन मात्रै खोजिएको मन्त्री बाँस्कोटाको भनाइ थियो । “फेसबुक जस्ता सामाजिक सञ्जाल चलाउन व्यक्तिगतरुपमा नै दर्ता गर्नुपर्छ भनेर हल्ला गरिएको छ । यो सरासर गलत छ । हामीले व्यवस्थित र नियमन गर्न खोजेका हाँै । व्यक्तिगतरुपमा नै दर्ता गर्नुपर्छ भनेका होइनाँै”, उनले भने ।
फेसबुक तथा अन्य सामाजिक सञ्जाल नेपालभित्र सञ्चालन गर्न भने सम्बन्धित संस्थाले दर्ता गर्नुपर्ने व्यवस्था गरिएको उनको भनाइ छ । सामाजिक सञ्जाललाई सकारात्मकरुपमा प्रयोग गरे त्यसले मानव समाजलाई सकारात्मक सन्देश दिने र गलतरुपमा प्रयोग गरिए त्यो घातक हतियार हुने मन्त्री बाँस्कोटाको भनाइ थियो । सामाजिक सञ्जालका विषयमा नेपालमा मात्रै नभई अमेरिका, बेलायत, जर्मनी, भारत, इजिप्ट, क्यानडा जस्ता देशमा समेत चर्चा परिचर्चा शुरु भएको उल्लेख गर्दै उनले सामाजिक सुरक्षामा उत्पन्न गरेका चुनौतीलाई के कसरी सम्बोधन गर्ने भन्नेमा सरकारको चासो रहेको बताए ।
उनले साइबर सुरक्षाका विषयमा सरकार गम्भीर रहेको भन्दै गलत काम हुन नदिनेतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले आफ्नै अभ्यासका आधारमा सूचना प्रविधिसम्बन्धी विषयलाई थप व्यवस्थित र मर्यादित बनाउन खोजिएको उल्लेख गर्दै गलत तवरले भइरहेको प्रचारप्रति गुनासो गरे ।
त्यसअघि उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । यस्तै बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘भुक्तानी तथा फछ्र्योट विधेयक, २०७५’ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल गरे । सचिव योगीले नै ‘कर्मचारी समायोजना विधेयक, २०७५’ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनु भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १० गते अपराह्न १३ बजे बस्नेछ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











