१ अर्ब चन्दा मागेसंगै बिथोलियो परिस्थिति, विप्लवका नेता भन्छन- जनताको अधिकारमाथि खेलवाड गर्दा बम बर्षियो !
काठमाडाैं । नख्खुमा एनसेलमाथि भएको बिस्फोटको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएपछि अनेक तर्कहरुले बजारमा प्रवेश पाएका छन् ।
कसैले चन्दा नदिएको झोकमा बम हानेको भनेका छन भने कसैले राजनीतिक शक्ति देखाएर सरकारलाई आफू भएको देखाउन यसो गरेको आशंका व्यक्त भएका छन् ।
यसबारे बुझ्न न्युज-नेपालको समाचार टिमले विप्लव नेतृत्वको एक नेतालाई सम्पर्क गर्दा उनले भने, हामीले कारवाही गरेको कुरा साँचो हो । तर, कारवाहीको उद्धेश्य भने मानविय क्षति गराउनु थिएन् । हामीले एनसेललाई पटक पटक चेतावनी दिदै आएका थियाैं । राज्यलाई कर तिर्नु पर्छ । नेपालीको पैसा नेपालमै लगानी हुनु पर्छ भनेर भनेपनि अटेर गर्दै आएकाले हाम्रो पार्टीले तार्किक हमलाको तयारी थालेको हो ।
सरकारले गर्ला भनेर बस्दा जनताले राजस्व मात्रै नभएर हर्बाैं रकम गुमाउने डर पैदा भएकाले हामीले यसबारे गम्भिर हमलाको तयारी स्वरुप सानो कारवाही गरेका हाैं । ती नेताले नाम उल्लेख नगर्ने सर्तमा भने ।
तर, एनसेलका कर्मचारीलाई यसबारे सोध्दा नाम उल्लेख नगर्ने सर्तमा उनले भने, १ अर्ब चन्दा माग गरिएको थियो । एनसेलले किस्ता किस्ता गरेर उचित चन्दा दिन्छ भनेर भन्दा एकमुष्ठ पैसा नदिए गम्भिर परिणाम भोग्नु पर्ने भन्दै भनेर गएका थिए । नभन्दै यस्तो भयो ।
एनसेलको माथिल्लो स्तरमा चन्दाबारे बहस चर्चा भइरहेकै थियो । चन्दा यो भन्दा पहिले पनि दिएकै हो । अहिले एक्कासी ठूलो मात्रामा रकम माग गरिएपछि दिन सकस परेको हो । ३० करोडसम्म दिने गरेर कुरा राख्दा समेत उनीहरुले आफ्नो कुराबाट टसकोमस हुन नमानेपछि एनसेल गम्भिर मोडमा पुगेको हो ।
तर, यता नेकपाका ती नेताले भने, पार्टीलाई बदनाम गराउन विभिन्न षडयन्त्र रचिएको छ । चन्दासँग सम्झाैता गरेको भए सरकारले समेत चन्दा दिन्छ होला तर जनताको हक हितका लागि लड्ने हामीहरु पैसाको कुनै खेलमा लाग्दैनाैं । यदि यस्तो प्रमाण भेटाएमा भन्नूस्, म मात्रै होइन हजाराैं नेता कार्यकर्ताले आजै पार्टी परित्यागको घोषणा गर्छन । हामी जनताको अधिकारका निम्ति ज्यानको बलिदान दिन पनि तयार छाैं र आइपरे लिन पनि ती नेताले भने । उनले मानविय क्षति गर्ने उद्ैश्य नभएपनि यस्तो हुन गएकोमा भने जनतासँग क्षमा मागेका छन् ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











