मुसाले कपडा काट्दा प्रतिक्रिया दिने प्रधानमन्त्री बम विस्फोटबाट जनता मारिदा माैन किन ?
काठमाडाैं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बम बिस्फोट गराएको जिम्मा लिएपनि सरकारले त्यसबारे आधिकारीक धारणा व्यक्त गर्न सकेको छैन् ।
एक जनाको ज्यान जानेगरि भएको बिस्फोटमा परेर तीन जना घाइते भएका छन भने, देशका विभिन्न स्थानमा रहेका एनसेलका टावरहरु ध्वस्त बनेका छन् । विप्लव नेतृत्वको नेकपाका मध्य कमाण्ड इन्चार्ज तथा स्थायी कमिटि सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले घटनाको जिम्मा लिदै बिबिसीसँगको कुराकानीको क्रममा घटना गराएको भन्दै खुलेआम भनेपनि सरकारी निकाय माैन रहनुले जनतामा निराशा छाएको छ ।
प्रहरीले घटनाका दोषी पत्ता लगाउने क्रममा निष्कर्ष नजिक पुगेको भनेपनि कानुनी दायरामा ल्याई छाड्ने प्रतिवद्धता भने देखाउन सकेको छैन् । यता गृहमन्त्री राम बहादुर थापा ‘बादल’ समेत पूर्व माओवादी भएकाले उनले यस्ता गतिविधिमाथि कुनै टिप्पणी नगरेपछि झनै अन्याैलता बढेर गएको छ ।
विप्लवदेखि सरकार डराएको भन्दै सामाजिक संजालदेखि चियाचाैतारीसम्म बहस हुन थालेको छ । दुई तिहाईको सरकारका विरुद्ध समानान्तर राज्यको घोषणा गरेको विप्लव नेतृत्वको पार्टीले जनताले प्रतिरोध गरेर राज्य सत्ता ने परिवर्तन गर्ने भनिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली समेत माैन रहेका कारण सरकारको जवाफ जनताले खोजिरहेका छन् ।
कम्युनिष्ट सरकारका विरुद्ध अर्को कम्युनिष्ट पार्टी लागेपछि जनता समेत अन्याैलमा परेका हुन् । दुई तिहाईको बलियो सरकारलाई जनताले साथ दिएपनि हिंसात्मक घटना हुँदा समेत सरकार माैन बस्दा भने सरकारप्रति जनताको भरोसा टुट्दै गएको देखिन्छ ।
सरकारको गुप्तचर निकाय र प्रहरीले गम्भीरतापूर्वक नलिएपछि यस्तो घटना हुन पुगेको भन्दै सर्वत्र विरोध भएपनि सामान्य कुरामा प्रतिक्रिया जनाउने प्रधानमन्त्री केपी शर्मा ओली भने चुप बसेका छन् । विप्लवले घटनाको जिम्मा लिएपनि सरकारले उचित कदम चाल्न नसक्नु नै जनताको अधिकारलाई कुल्चिनु हो भन्दै विपक्षीले खेदो खन्न सुरु गरेका छन् ।
तर, क्रान्तिको बाटोमा लम्कने उद्घोष गर्दै हिडेको विप्लवको पार्टी भने युद्ध लड्न नै तयार रहेको जस्तो देखिन्छ । मान्छेको ज्यान जानेगरि बिस्फोट गराएपछि सामान्य घटना हो भन्दै प्रतिक्रिया दिएको सो पार्टीले नेपालमा समानान्तर राज्य र युद्धको उद्घोष गर्यो भने अचम्म मान्न नपर्ने राजनीतिक विश्लेषकहरुले जनाउन थालेका छन् ।
विप्लवको उक्त कदमका विरुद्ध विरोधका स्वरहरु खासै सुनिदैनन् । बरु सरकारका विरुद्ध नेकपामा नै विरोध सुरु भएको छ । नेकपाका दुवै अध्यक्षद्वय ओली-प्रचण्ड केहि मन्त्रीहरुलाई असक्षमको बिल्ला भिराएर बिदाई गर्ने तयारी थालेपनि समस्याको चाङकाबीच यो कुराले आधिकारीक रुपमा प्रवेश पाउन सकेको छैन् ।
अब के होला ?
सरकारले यस्ता घटनाबारे गम्भिर भएर नसोच्दा राणा, राजा शासन कालमा देखिएजस्तै कुरा नदेखिएला भन्न सकिन्न । देशमा चरम बेरोजगारी छ । युवाहरु बिदेश जानबाट रोकिएका छन् । सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकेको छैन् । देशमा बलात्कार तथा जघन्य अपराधका घटना घटेकै छन् । यी यावत कुराहरुले गर्दा मानिसमा चरम नैराश्यता छाएको छ । यस्तो अवस्थामा मान्छे मृत्यु या मुक्ति भनेर युद्धमा होमिन सक्छ ।
राजनीतिक अधिकार लगायत अन्य कुरामा सिमित वर्गको हातमा रहेको शक्ति र सत्ताले मानिसमा असन्तुलन मात्रै कायम गर्दैन । यसले युद्धको सुत्रपात समेत गराउने खतरा रहन्छ । यस्तै देखिन्छ नेपालको अहिलेको स्थिति ।
सरकारले सामान्य लोक गायकको गीतमा कडा टिप्पणी गर्छ । उनलाई गीत नै हटाउन लगाउछ । तर, मान्छेको ज्यान जादा समेत रमिते बनेर बस्छ । सर्वसाधारण जनताले आक्रोस पोख्न थालेका छन् । जस्तो सुकै कुराको टिप्पणीमा उत्रिहाल्ने प्रधानमन्त्री ओली बम बिस्फोटको बारेमा माैन छन् । यस्ता कुराले समेत उनको राष्ट्रवाद र देशप्रेम झल्किएको भन्दै विरोध सुरु भएको छ ।
समग्र स्थितिले देशलाई फेरि गृहयुद्धमा धेकेल्ने त होइन भन्ने यक्ष प्रश्न खडा भएको छ । सरकारप्रति खतराको सुई तेर्सिएको छ । हेराैं सरकारले कसरी यसलाई निस्तेज पार्न तिर लाग्छ ?
समाधानको उपाए के ?
विप्लव नेतृत्वको नेकपाले भने झै ४० हजार जनमुक्ति सेना निर्माण, ८० प्रतिशत भुभागबारे छलफल र वैज्ञानिक समाजवादका चरणमा छलफल सम्भव छ त ? यदि यो संभव छैन भने सरकारले यस्ता शक्तिलाई कसरी कुन बाटोबाट समाधान खोज्नु पर्छ त्यसको बारेमा गम्भिर तयारीको आवश्यकता छ ।
तर, राजनीतिक रुपमा समाधान खोज्ने हो भने विप्लव नेतृत्वको पार्टीसँग राजनीतिक समाधान वार्ता लगायतका अन्य कुराहरुबाट निष्कर्श निकाल्नु बुद्दिमानी हुनेछ । अन्यथा देशले पुनः दुःख र विकराल स्थितिको सामना गर्नु नपर्ला भन्न सकिन्न ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...












