मुसाले कपडा काट्दा प्रतिक्रिया दिने प्रधानमन्त्री बम विस्फोटबाट जनता मारिदा माैन किन ?
काठमाडाैं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बम बिस्फोट गराएको जिम्मा लिएपनि सरकारले त्यसबारे आधिकारीक धारणा व्यक्त गर्न सकेको छैन् ।
एक जनाको ज्यान जानेगरि भएको बिस्फोटमा परेर तीन जना घाइते भएका छन भने, देशका विभिन्न स्थानमा रहेका एनसेलका टावरहरु ध्वस्त बनेका छन् । विप्लव नेतृत्वको नेकपाका मध्य कमाण्ड इन्चार्ज तथा स्थायी कमिटि सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले घटनाको जिम्मा लिदै बिबिसीसँगको कुराकानीको क्रममा घटना गराएको भन्दै खुलेआम भनेपनि सरकारी निकाय माैन रहनुले जनतामा निराशा छाएको छ ।
प्रहरीले घटनाका दोषी पत्ता लगाउने क्रममा निष्कर्ष नजिक पुगेको भनेपनि कानुनी दायरामा ल्याई छाड्ने प्रतिवद्धता भने देखाउन सकेको छैन् । यता गृहमन्त्री राम बहादुर थापा ‘बादल’ समेत पूर्व माओवादी भएकाले उनले यस्ता गतिविधिमाथि कुनै टिप्पणी नगरेपछि झनै अन्याैलता बढेर गएको छ ।
विप्लवदेखि सरकार डराएको भन्दै सामाजिक संजालदेखि चियाचाैतारीसम्म बहस हुन थालेको छ । दुई तिहाईको सरकारका विरुद्ध समानान्तर राज्यको घोषणा गरेको विप्लव नेतृत्वको पार्टीले जनताले प्रतिरोध गरेर राज्य सत्ता ने परिवर्तन गर्ने भनिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली समेत माैन रहेका कारण सरकारको जवाफ जनताले खोजिरहेका छन् ।
कम्युनिष्ट सरकारका विरुद्ध अर्को कम्युनिष्ट पार्टी लागेपछि जनता समेत अन्याैलमा परेका हुन् । दुई तिहाईको बलियो सरकारलाई जनताले साथ दिएपनि हिंसात्मक घटना हुँदा समेत सरकार माैन बस्दा भने सरकारप्रति जनताको भरोसा टुट्दै गएको देखिन्छ ।
सरकारको गुप्तचर निकाय र प्रहरीले गम्भीरतापूर्वक नलिएपछि यस्तो घटना हुन पुगेको भन्दै सर्वत्र विरोध भएपनि सामान्य कुरामा प्रतिक्रिया जनाउने प्रधानमन्त्री केपी शर्मा ओली भने चुप बसेका छन् । विप्लवले घटनाको जिम्मा लिएपनि सरकारले उचित कदम चाल्न नसक्नु नै जनताको अधिकारलाई कुल्चिनु हो भन्दै विपक्षीले खेदो खन्न सुरु गरेका छन् ।
तर, क्रान्तिको बाटोमा लम्कने उद्घोष गर्दै हिडेको विप्लवको पार्टी भने युद्ध लड्न नै तयार रहेको जस्तो देखिन्छ । मान्छेको ज्यान जानेगरि बिस्फोट गराएपछि सामान्य घटना हो भन्दै प्रतिक्रिया दिएको सो पार्टीले नेपालमा समानान्तर राज्य र युद्धको उद्घोष गर्यो भने अचम्म मान्न नपर्ने राजनीतिक विश्लेषकहरुले जनाउन थालेका छन् ।
विप्लवको उक्त कदमका विरुद्ध विरोधका स्वरहरु खासै सुनिदैनन् । बरु सरकारका विरुद्ध नेकपामा नै विरोध सुरु भएको छ । नेकपाका दुवै अध्यक्षद्वय ओली-प्रचण्ड केहि मन्त्रीहरुलाई असक्षमको बिल्ला भिराएर बिदाई गर्ने तयारी थालेपनि समस्याको चाङकाबीच यो कुराले आधिकारीक रुपमा प्रवेश पाउन सकेको छैन् ।
अब के होला ?
सरकारले यस्ता घटनाबारे गम्भिर भएर नसोच्दा राणा, राजा शासन कालमा देखिएजस्तै कुरा नदेखिएला भन्न सकिन्न । देशमा चरम बेरोजगारी छ । युवाहरु बिदेश जानबाट रोकिएका छन् । सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकेको छैन् । देशमा बलात्कार तथा जघन्य अपराधका घटना घटेकै छन् । यी यावत कुराहरुले गर्दा मानिसमा चरम नैराश्यता छाएको छ । यस्तो अवस्थामा मान्छे मृत्यु या मुक्ति भनेर युद्धमा होमिन सक्छ ।
राजनीतिक अधिकार लगायत अन्य कुरामा सिमित वर्गको हातमा रहेको शक्ति र सत्ताले मानिसमा असन्तुलन मात्रै कायम गर्दैन । यसले युद्धको सुत्रपात समेत गराउने खतरा रहन्छ । यस्तै देखिन्छ नेपालको अहिलेको स्थिति ।
सरकारले सामान्य लोक गायकको गीतमा कडा टिप्पणी गर्छ । उनलाई गीत नै हटाउन लगाउछ । तर, मान्छेको ज्यान जादा समेत रमिते बनेर बस्छ । सर्वसाधारण जनताले आक्रोस पोख्न थालेका छन् । जस्तो सुकै कुराको टिप्पणीमा उत्रिहाल्ने प्रधानमन्त्री ओली बम बिस्फोटको बारेमा माैन छन् । यस्ता कुराले समेत उनको राष्ट्रवाद र देशप्रेम झल्किएको भन्दै विरोध सुरु भएको छ ।
समग्र स्थितिले देशलाई फेरि गृहयुद्धमा धेकेल्ने त होइन भन्ने यक्ष प्रश्न खडा भएको छ । सरकारप्रति खतराको सुई तेर्सिएको छ । हेराैं सरकारले कसरी यसलाई निस्तेज पार्न तिर लाग्छ ?
समाधानको उपाए के ?
विप्लव नेतृत्वको नेकपाले भने झै ४० हजार जनमुक्ति सेना निर्माण, ८० प्रतिशत भुभागबारे छलफल र वैज्ञानिक समाजवादका चरणमा छलफल सम्भव छ त ? यदि यो संभव छैन भने सरकारले यस्ता शक्तिलाई कसरी कुन बाटोबाट समाधान खोज्नु पर्छ त्यसको बारेमा गम्भिर तयारीको आवश्यकता छ ।
तर, राजनीतिक रुपमा समाधान खोज्ने हो भने विप्लव नेतृत्वको पार्टीसँग राजनीतिक समाधान वार्ता लगायतका अन्य कुराहरुबाट निष्कर्श निकाल्नु बुद्दिमानी हुनेछ । अन्यथा देशले पुनः दुःख र विकराल स्थितिको सामना गर्नु नपर्ला भन्न सकिन्न ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












